ग्लोबल आइएमई लघुवित्तले ९.५० प्रतिशत लाभांश पारित गर्न बोलायो साधारण सभा
- BFIS News
- 2026 Nov 18 10:55
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (GILB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको कुल ९.५० प्रतिशत लाभांश पारित गर्न १४औँ वार्षिक साधारण सभा बोलाएको छ।
लघुवित्तले मंसिर २३ गते बुधबार पोखरास्थित आईएमई हस्पिटालिटी प्रालि, स्ट्रीट नम्बर ३, लेकसाइड, कास्कीमा साधारण सभा आयोजना गर्ने भएको हो। सभा बिहान ९ बजे सुरु हुनेछ।
सभामा हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ३.५० प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारितका लागि पेश हुनेछ। यसअनुसार शेयरधनीले कुल ९.५० प्रतिशत लाभांश प्राप्त गर्नेछन्।
त्यसैगरी, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ। सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन तथा चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा रहेका छन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर ११ गते एक दिनका लागि शेयर दाखिला खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ।
यसअनुसार मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबार भई कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)








प्रतिक्रिया