NIMB Header 2
Nepal Life

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सलाई कर्पोरेट लाइफ इन्स्योरेन्स अफ दि इएर २०२६ अवार्ड प्राप्त

IME LIFE
  • BFIS News
  • 2026 Jun 21 13:14
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सलाई कर्पोरेट लाइफ इन्स्योरेन्स अफ दि इएर २०२६ अवार्ड प्राप्त
United Ajod

काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले 18th Corporate Business Award 2026 मा ‘Corporate Life Insurance of the Year 2026’ को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ ।

Nepal Life
NIMB

कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औँ संस्करणको ‘कर्पोरेट बिजनेस समिट एन्ड अवार्ड २०२६’ मा नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको छ ।

उक्त समारोहमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड ले प्रतिष्ठित ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड प्राप्त गर्न सफल भएको हो । कम्पनीले जीवन बीमा क्षेत्रमा पुर्‍याएको उत्कृष्ट योगदान, नवीन सेवाहरू तथा ग्राहकप्रति समर्पित प्रतिबद्धताको कदरस्वरूप यो सम्मान प्रदान गरिएको हो ।

अवार्ड कार्यक्रममा विभिन्न क्षेत्रमार्फत नेपालको आर्थिक विकास तथा समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्ति तथा संस्थाहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो । समारोहमा ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ अन्तर्गत १२ वटा अवार्ड तथा ‘बैंकिङ, इन्स्योरेन्स एन्ड फाइनान्स अवार्ड’ अन्तर्गत ६ वटा संस्थालाई सम्मानित गरिएको थियो ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ । हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६८ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । साथै, १७,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार