NIMB Header 2
Nepal Life

बैंक कर्मचारीलाई राजनीतिमा लाग्न रोक्ने राष्ट्र बैंकको प्रस्ताव, प्रदर्शन र हड्तालमा पनि प्रतिबन्ध

IME LIFE
  • BFIS News
  • 2026 Jun 18 13:30
बैंक कर्मचारीलाई राजनीतिमा लाग्न रोक्ने राष्ट्र बैंकको प्रस्ताव, प्रदर्शन र हड्तालमा पनि प्रतिबन्ध
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई अनुशासित कार्यसम्पादनमा लगाउने उद्देश्यसहित राजनीतिमा संलग्न हुन रोक लगाउने प्रस्ताव अघि सारेको छ।

 

Nepal Life
NIMB

केन्द्रीय बैंकले नमुना कर्मचारी सेवा विनियमावली संशोधनका लागि तयार पारेको मस्यौदामा बैंक कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था प्रस्ताव गरेको हो।

मस्यौदाअनुसार कर्मचारीले कुनै राजनीतिक दलको सदस्य बन्न, राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बन्न, कसैको पक्षमा मत माग्न वा कुनै किसिमले राजनीतिक प्रभाव पार्न नपाउने व्यवस्था राखिएको छ।

तर, प्रचलित कानुनअनुसार संगठन दर्ता गर्ने, मतदान गर्ने अधिकार प्रयोग गर्ने तथा नेपाल बार एसोसिएसन, नेपाल मेडिकल एसोसिएसन, नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था, नेपाल व्यवस्थापन संघ, नेपाल प्राध्यापक संघलगायत पेशागत संगठनमा प्रतिनिधित्व गर्न भने बाधा नपर्ने स्पष्ट गरिएको छ।

त्यस्तै, कर्मचारीले देशको सार्वभौमसत्ता, अखण्डता, शान्ति–सुरक्षा, वैदेशिक सम्बन्ध, सार्वजनिक मर्यादा, अदालतको निर्णयको अवहेलना वा अपराधलाई प्रश्रय पुग्ने किसिमका गतिविधिमा संलग्न हुन नपाउने प्रस्ताव गरिएको छ।

मस्यौदामा प्रचलित कानुनले दिएको अधिकार प्रयोगबाहेक प्रदर्शन, हड्तालमा सहभागी हुन वा अरूलाई त्यस्ता गतिविधिका लागि उक्साउन समेत प्रतिबन्ध लगाउने व्यवस्था प्रस्ताव गरिएको छ।

राष्ट्र बैंकले निषेधित तथा प्रतिबन्धित कार्यमा कर्मचारी संलग्न भएको पाइएमा प्रचलित नियमअनुसार अनुशासनात्मक कारबाही गरिने जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया