रिलायबल नेपाललाई प्रिमियममा आइपिओ निष्काशन गर्न बोर्डले दियो अनुमति
- BFIS News
- 2023 Jul 01 05:42
काठमाडौं। नेपाल धितोपत्र बोर्डले थप एक जीवन बीमा कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको छ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई आइपीओ निष्कासनका लागि बोर्डले शुक्रबार अन्तिम स्वीकृति दिएको हो। कम्पनीले जारी पुँजीको ३० प्रतिशत साधारण सेयर निष्कासन गर्ने स्वीकृति पाएको छ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ प्रिमियम थप गरी प्रति कित्ता २५७ रुपैयाँका दरले आइपीओ निष्कासन गर्ने अनुमति पाएको हो। बोर्डबाट स्वीकृति पाएपछि कम्पनी अब छिट्टै प्रतिकित्ता २५७ रुपैयाँका दरले आइपीओ निष्कासन गर्ने तयारीमा छ।
यो जीवन बीमा कम्पनीले २ अर्ब ९८ करोड ९८ लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्कासन गर्ने योजना छ।
यसअघि जीवन बीमा क्षेत्रको कम्पनी आईएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा नै आइपीओ ल्याउन बोर्डबाट स्वीकृति पाएको थियो। चालु आर्थिक वर्षमा बीमा क्षेत्रको आइपीओ निष्कासनका लागि स्वीकृति पाउने रिलायबल दोस्रो कम्पनी हो।
रिलायबलको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया