NIMB Header 2
Nepal Life

कर्मचारी सञ्चय कोषको प्रशासक पदका लागि दरखास्त आह्वान

IME LIFE
  • BFIS News
  • 2026 Jun 22 16:19
कर्मचारी सञ्चय कोषको प्रशासक पदका लागि दरखास्त आह्वान
United Ajod

काठमाडौं । नेपाल सरकार अर्थ मन्त्रालय मातहत रहेको कर्मचारी सञ्चय कोषको प्रशासक पदका लागि दरखास्त आह्वान गरिएको छ ।

 

Nepal Life
NIMB

छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धामार्फत प्रशासक पदपूर्ति गर्ने उद्देश्यले आवेदन माग गरेको हो ।

दरखास्त दिन इच्छुक उम्मेदवारले कर्मचारी सञ्चय कोष ऐन, २०१९ को दफा ६क अनुसार तोकिएको योग्यता तथा अनुभव पूरा गरेको हुनुपर्नेछ । साथै अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ को दफा ४ अनुसार अयोग्य नभएको व्यक्ति हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित असार २२ गतेभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार काठमाडौंमा गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया