NIMB Header 2
Nepal Life

नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसले १० हजार रोजगारी सिर्जना गर्ने, सहकार्यका लागि आह्वान

Muktinath Bank
  • BFIS News
  • 2023 Oct 23 18:13
नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसले १० हजार रोजगारी सिर्जना गर्ने, सहकार्यका लागि आह्वान
National Life

काठमाडौं । देश चरम आर्थिक संकटको भुमरिमा छ। समाज र देशको हरेक क्षेत्र र तप्कामा घोर निराशाको बादल छाएको छ ।देशमा संचालित अधिकांश उद्योग, ब्यवसाय, कृषि, पर्यटन, सेवा, निर्यात लगायत प्राय सबै क्षेत्र थला परेको छ। रोजगारि र समृद्धिको मुख्य आधार स्तम्भ लघु बित्त, सहकारि र बैकिंग क्षेत्र संकटोन्मुख छ। भबिष्यमा सुखद निरन्तरताको लागि संघर्ष गरिरहेको छ। देश चलाउने ठेक्का लिएका नेताहरु कि त ललिता निवास, भुटानी शरणार्थी र सुन काण्डमा ब्यस्त छन कि त सरकार गिराउने र  बचाउने खेल मै रुमलिएका छन।

NIMB

देशमा रोजगारिको अवसर श्रृजना गर्न तथा आर्थिक समृद्धिका क्षेत्रहरुमा सरकारले घोषणा गरे अनुसारको लगानी गर्न सकेको छैन । भएको सिमित साधन श्रोत सामाजिक सुरक्षा भत्तामा खर्च संगै कर्मचारी र जन प्रतिनिधि पाल्न पनि धौ धौ पर्ने अवस्थामा गैसकेको छ। आयातमुखी राजस्वमा निर्भर सरकार आयात खुम्चिने बितिक्कै संकटमा परि सकेको छ।२०८०/८१ को प्रथम तीन महिनामा राजस्व र खर्च बिचको असन्तुलन डरलाग्द‍ो भैसकेको छ। अस्वस्थ परराष्ट्र नितिको कारण ठुला छिमेकी चिन र भारत लगायत बिकसित मित्र राष्ट्र र दातृ निकायबाट आउने बैदेशिक अनुदान र सहायता करिब करिब बन्दको अवस्थामा छ। कमिसन, घुसखोरि र भष्ट्राचार झन झन बढेर  संस्थागत नै भैसकेको छ।

देशमा केही गरौं भन्नेको चाहना मर्दै गैरहेको छ। फलस्वरुप युवा, शिक्षित बर्ग, दक्ष ब्यक्ति र सक्षम जनशक्ति सबै नै बिदेशिन बाध्य छन। त्यसैले पनि बर्सेनि दशौ लाख नेपाली संसारको जुनसुकै देशमा जस्तो सुकै जोखिमयुक्त काम भए पनि अवसरको खोजिमा गैरहेको देखिन्छ। कोहि पनि नेपाली आज देशमा बस्न चाहिँ रहेको छैन। यहि स्थिति रहने हो भने अबको दस बर्ष भित्र देश सक्षम जनशक्ति र युवा बिहिन हुने डरलाग्दो भबिष्यबाणि गरिदैंछ।

एक छिन सोचेर ल्याउदा राज्य द‍ोहन गरि अकुत कमाउन पल्केका नेता, कार्यकर्ता, भ्रष्ट पहुचवाला कर्मचारि राजनेताका नजिकका माफिया दलाल र डलरमा पोसिएका एनजियो आईएनजियोका स्वघोषित बुद्धिजिबि बाहेक सबै नेपाली बर्तमान डरलाग्दो अवस्थाबाट दुखि र चिन्तित छन।आर्थिक अवस्थालाई कसरी चलायमान बनाउने तथा रोजगारि श्रृजना गरि भबिष्यका कर्णधार युवालाई बिदेशिनबाट कसरी रोक्ने भन्ने नै सबै देशभक्त नेपालिको साझा चासो भएको छ।

हरेक कालो बादलमा चांदिको घेरा हुन्छ तथा हरेक समस्या र चुनौतिमा अवसर पनि हुन्छ भने झै हामी सक्षम र सक्ने प्रत्येक नेपालीले आआफ्नो क्षेत्रबाट प्रयास गर्यौ भने समस्या केही हद सम्म समाधान गर्न सकिन्छ र बर्तमान निराशालाई आशामा बदल्न सकिन्छ। सोही सिलसिलामा सिलसिलामा National Academy For Financial Services Pvt.Ltd. ले कार्यक्रम संचालनको एक बर्ष भित्र न्युनतम ७,००० देखि अधिकतम  १०,००० युवालाई आर्थिक गतिबिधिमा सक्रिय बनाई रोजगार बनाउने लक्ष लिएको छ। सोही बमोजिम कार्यक्रम तर्जुमा पनि गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत पनि हुने भएकोले सहकार्यको लागि बित्तिय संस्थाहरु,बिमा कम्पनीहरु, रोजगारी श्रृजना गर्न बजेट र काम पाएका सरकारी अर्ध सरकारी निकायहरु र अन्तराष्ट्रिय संघ संस्थाहरुलाई आह्वान गरेको छ । प्रारम्भिक सहमति पछि परियोजनाको बिस्तृत डिजाईन उपलब्ध गराएर छलफल गर्नेछ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया