Nepal Life

निर्जीवन बीमा कम्पनीहरूले फागुनसम्म संकलन गरे ३१ अर्ब बढी प्रिमियम, शिखर शीर्ष स्थानमा

NMB Bank
  • BFIS News
  • 2026 Mar 25 15:53
निर्जीवन बीमा कम्पनीहरूले फागुनसम्म संकलन गरे ३१ अर्ब बढी प्रिमियम, शिखर शीर्ष स्थानमा
National Life

काठमाडौं — नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा कुल ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क (प्रिमियम) संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले उक्त रकम संकलन गरेका हुन्।

Shikhar
NIMB

कुल प्रिमियम संकलनका आधारमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले फागुन मसान्तसम्म ४ अर्ब ३८ करोड ५४ लाख रुपैयाँ प्रिमियम आर्जन गर्दै १३.८३ प्रतिशत बजार हिस्सा ओगटेको छ। तर, जारी गरिएको बीमालेख (पोलिसी) संख्याको आधारमा भने शिखर तेस्रो स्थानमा सीमित रहेको देखिन्छ।

त्यसैगरी, प्रिमियम संकलनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ। कम्पनीले ३ अर्ब ३६ करोड ८४ लाख रुपैयाँ प्रिमियम संकलन गर्दै करिब १०.६३ प्रतिशत बजार हिस्सा ओगटेको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्स १०.१२ प्रतिशत बजार हिस्सासहित तेस्रो स्थानमा रहेको छ, जसले ३ अर्ब २० करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ।

यस्तै, सिद्धार्थ प्रिमियम इन्स्योरेन्स चौथो स्थानमा रहँदा ८.८१ प्रतिशत बजार हिस्सा ओगटेको छ भने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स पाँचौं स्थानमा रही २ अर्ब ६८ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ।

बीमालेख संख्यामा युनाइटेड अजोड अग्रस्थानमा

जारी गरिएको बीमालेख संख्याका आधारमा भने युनाइटेड अजोड इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले कुल २ लाख ७३ हजार ३९९ वटा बीमालेख जारी गरेको छ, जुन कुल बजारको १४.६८ प्रतिशत हो। तर, प्रिमियम संकलनतर्फ भने कम्पनी आठौं स्थानमा रहेको छ।

तथ्यांकअनुसार नेसनल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको बजार हिस्सा तुलनात्मक रूपमा न्यून देखिएको छ। नेसनल इन्स्योरेन्सको हिस्सा २.७४ प्रतिशत मात्र रहेको छ भने राष्ट्रिय बीमा कम्पनीको ३.३५ प्रतिशत रहेको छ।

विदेशी लगानी रहेको दि ओरिएन्टल इन्स्योरेन्सले बीमालेख संख्यामा १.५९ प्रतिशत हिस्सा ओगटे पनि प्रिमियम संकलनमा भने ६.१३ प्रतिशतको उल्लेखनीय उपस्थिति जनाएको छ।

हालसम्म कुल १८ लाख ६२ हजार ११४ वटा बीमालेख जारी भइसकेका छन्। यसले निर्जीवन बीमा क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएको र बीमाको दायरा क्रमशः विस्तार भइरहेको संकेत गर्दछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया