NIMB Header 2
Nepal Life

‘शेयर कारोबारमा १% कर’ हल्लामात्र, नियमित कारोबारमा कुनै नयाँ शुल्क छैन : सांसद हरि ढकाल

IME LIFE
  • BFIS News
  • 2026 Jun 29 15:28
‘शेयर कारोबारमा १% कर’ हल्लामात्र, नियमित कारोबारमा कुनै नयाँ शुल्क छैन : सांसद हरि ढकाल
United Ajod

काठमाडौ। प्रतिनिधि सभा सदस्य तथा शेयर बजारका विज्ञ हरि ढकालले पछिल्लो समय शेयर बजारमा फैलिएको ‘शेयर कारोबारमा १ प्रतिशत कर लाग्ने’ भन्ने चर्चालाई भ्रामक भएको बताएका छन्। उनले नियमित शेयर कारोबार गर्ने लगानीकर्तालाई १ प्रतिशत अतिरिक्त शुल्क लाग्ने भन्ने हल्लामा विश्वास नगर्न आग्रह गरेका छन्।

Nepal Life
NIMB

सांसद ढकालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दोस्रो बजारमा हुने नियमित शेयर किनबेचमा ब्रोकरले १ प्रतिशत कर वा शुल्क नलिने स्पष्ट पारेका हुन्। उनका अनुसार लगानीकर्ताले Nepal Stock Exchange को टीएमएस (TMS) प्रणालीमार्फत कारोबार गर्दा अन्तिम रूपमा लाग्ने कर भनेको पूँजीगत लाभकर (CGT) ७.५ प्रतिशत वा १० प्रतिशत मात्रै हो।

उनले सेयर हस्तान्तरण शुल्कबारे स्पष्ट पार्दै टीएमएसमार्फत दैनिक हुने नियमित शेयर कारोबारमा कुनै पनि १ प्रतिशत शुल्क नलाग्ने बताए। उनका अनुसार उक्त शुल्क रु. २५ लाख वा सोभन्दा बढी मूल्यको शेयर अफ–मार्केट ट्रान्सफर (Off-Market Transfer) अर्थात् कम्पनीमा सिधै नामसारी हुने निश्चित प्रकृतिका कारोबारमा मात्र लागू हुने व्यवस्था रहेको छ।

ढकालका अनुसार नियमित अर्थात् ‘अन–मार्केट’ कारोबारमा लगानीकर्ताले पहिलेकै व्यवस्था अनुसार ब्रोकर कमिसन, Securities Board of Nepal शुल्क, डीपी (DP) शुल्क तथा पूँजीगत लाभकर मात्रै तिर्नुपर्छ। यसमा कुनै नयाँ १ प्रतिशत शुल्क थप नगरिएको उनले स्पष्ट पारे।

यस्तै ‘अफ–मार्केट’ कारोबार अन्तर्गत बकसपत्र, मृत्युपछिको नामसारी, कम्पनीभित्रको ठूलो शेयर स्थानान्तरण जस्ता सिधै Central Depository System and Clearing Limited मार्फत हुने नामसारी प्रक्रियामा मात्र उक्त व्यवस्था लागू हुने उनले बताए।

सांसद ढकालले यस विषयमा सामाजिक सञ्जाल र बजारमा फैलाइएको भ्रमपूर्ण सूचनाले लगानीकर्तामा अनावश्यक अन्योल र डर सिर्जना गरेको उल्लेख गर्दै आधिकारिक जानकारीका आधारमा मात्र निष्कर्ष निकाल्न आग्रह गरेका छन्।

उनले लगानीकर्तालाई संयमित भएर कारोबार गर्न, हल्लाको पछि नलाग्न तथा तथ्य र यथार्थमा विश्वास गरेर निर्णय लिन आग्रह गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया