NIMB Header 2
Nepal Life

सेबोन अध्यक्ष भट्टले सम्हाले जिम्मेवारी, लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता

IME LIFE
  • BFIS News
  • 2026 Jun 29 18:56
सेबोन अध्यक्ष भट्टले सम्हाले जिम्मेवारी, लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
United Ajod

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजी बजारको विकास, लगानीकर्ताको हित संरक्षण र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Nepal Life
NIMB

सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ ग्रहणपछि उनले सरकारको नीति तथा योजनाअनुसार आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने बताएका हुन्।

अध्यक्ष भट्टले आफूले हासिल गरेको ज्ञान, अनुभव र सीपलाई पुँजी बजारको सुधार तथा लगानीकर्ताको हित संरक्षणमा उपयोग गर्ने उल्लेख गरे। उनले पुँजी बजारलाई थप व्यवस्थित, विश्वसनीय र प्रतिस्पर्धी बनाउन आवश्यक सुधारका कार्यक्रमलाई निरन्तर अघि बढाइने बताए।

उनका अनुसार पुँजी बजार सुधारका लागि विगतमा विभिन्न समिति तथा अध्ययनबाट प्राप्त सुझाव र सिफारिसलाई कार्यान्वयन गर्दै बजारको दीर्घकालीन विकासमा बोर्डले प्राथमिकताका साथ काम गर्नेछ।

यसअघि कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। शपथपछि अर्थमन्त्रीले बोर्डको कार्यसम्पादनमा मन्त्रालयबाट कुनै हस्तक्षेप नहुने स्पष्ट पार्दै परिणाममुखी ढंगले काम गर्न निर्देशन दिएका थिए।

डा. भट्टलाई मन्त्रिपरिषद्को असार ५ गते बसेको बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोमबारबाट उनले औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया