एनएमबी बैंक, नेको र सुपर माई हाइड्रोपावरको बोनस शेयर सूचिकृत
- BFIS News
- 2026 Jun 29 19:07
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। सुपर माई हाइड्रोपावर लिमिटेड, नेको इन्स्योरेन्स लिमिटेड र एनएमबी बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।
सुपर माई हाइड्रोपावरको २० प्रतिशतका दरले हुन आउने १० लाख ७० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
नेको इन्स्योरेन्सको ३ प्रतिशतका दरले हुन आउने ८ लाख ७ हजार ४६० कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
एनएमबी बैंकको ५ प्रतिशतका दरले हुन आउने ९१ लाख ८३ हजार ३५२.९८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया