NIMB Header 2
Nepal Life

आई.एम.ई लाइफलाई आईक्यानको ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत कांस्य सम्मान

IME LIFE
  • BFIS News
  • 2026 Jul 01 14:15
आई.एम.ई लाइफलाई आईक्यानको ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत कांस्य सम्मान
United Ajod

काठमाडौं, असार १६ — आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने ‘National Best Presented Annual (BPA) Report Award–2025’ अन्तर्गत Bronze Award प्राप्त गरेको छ।

Nepal Life
NIMB

काठमाडौंस्थित होटल याक एण्ड यतीमा सोमबार आयोजित विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का र प्रमुख वित्तीय अधिकृत जगत बोहराले संयुक्त रूपमा उक्त प्रतिष्ठित पुरस्कार ग्रहण गरेका हुन्।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदनसम्बन्धी मापदण्ड तथा अन्य लेखा मानकहरूको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धताको मूल्याङ्कनका आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो।

कम्पनीका अनुसार यस सम्मानले आई.एम.ई लाइफले वित्तीय जवाफदेहिता, पारदर्शिता तथा सुशासनलाई संस्थागत संस्कृतिका रूपमा आत्मसात गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिइरहेको पुष्टि गरेको छ।

पुरस्कार प्राप्तिपछि प्रमुख कार्यकारी अधिकृत पवन खड्काले यो सम्मान सम्पूर्ण आई.एम.ई लाइफ परिवारका लागि गर्वको विषय भएको बताए। उनले यसले वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनलाई अझ सुदृढ बनाउने जिम्मेवारी थपिएको उल्लेख गर्दै कम्पनीलाई निरन्तर मार्गदर्शन गर्ने सञ्चालक समिति, विश्वास गर्ने बीमित ग्राहक, कम्पनीको सफलताका आधार बनेका अभिकर्ता, समर्पित कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे।

कम्पनीले यसै वर्ष वित्तीय स्थायित्व, सुदृढ बजार स्थिति तथा वित्तीय दायित्व समयमै पूरा गर्ने उच्च क्षमताका आधारमा केयर रेटिङ नेपालबाट ‘A- (ए माइनस)’ क्रेडिट रेटिङ समेत प्राप्त गरेको जनाएको छ।

हाल आई.एम.ई लाइफका देशभर १६० शाखा तथा उपशाखा सञ्चालनमा रहेका छन् भने ३५ हजारभन्दा बढी सक्रिय अभिकर्ताको सञ्जाल रहेको कम्पनीले जनाएको छ। सुदृढ संस्थागत सुशासन, वित्तीय पारदर्शिता तथा ‘भविष्य सुनिश्चित गर्दै’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कम्पनीले आफ्नो सेवा विस्तार र गुणस्तरीय बीमा सेवा प्रदान गर्ने अभियानलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार