NIMB Header 2
Nepal Life

नेपाल लाइफ ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’बाट सम्मानित, इतिहास रच्दै नयाँ उचाइतर्फ अग्रसर

IME LIFE
  • BFIS News
  • 2026 Jul 01 14:34
नेपाल लाइफ ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’बाट सम्मानित, इतिहास रच्दै नयाँ उचाइतर्फ अग्रसर
United Ajod

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत स्वर्ण (Gold Award) प्राप्त गरेको छ। कम्पनीले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव मनाइरहेका बेला उक्त उपलब्धि हासिल गरेको हो।

Nepal Life
NIMB

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले असार १६ गते काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित विशेष समारोहमा कम्पनीलाई उक्त सम्मान प्रदान गरेको हो। अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा ग्रहण गरेका थिए।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा अन्य लेखा मापदण्डहरूको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धताका आधारमा नेपाल लाइफलाई स्वर्ण पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस सम्मानले वित्तीय जवाफदेहिता, पारदर्शिता र सुशासनलाई संस्थागत संस्कृतिका रूपमा आत्मसात गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिइरहेको पुष्टि गरेको छ।

अवार्ड प्राप्तिपछि प्रमुख कार्यकारी अधिकृत पराजुलीले यो सम्मान सम्पूर्ण नेपाल लाइफ परिवारका लागि गर्वको विषय भएको बताए। उनले यस उपलब्धिले कम्पनीलाई अझ उच्च स्तरको वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनतर्फ अघि बढ्न थप जिम्मेवारी दिएको उल्लेख गरे। साथै उनले कम्पनीका सञ्चालक समिति, बीमित ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे।

कम्पनीका अनुसार चैत मसान्त २०८३ सम्म ५२ लाख ४० हजारभन्दा बढी बीमालेख जारी गर्दै लाखौँ नेपाली परिवारलाई आर्थिक सुरक्षाको दायरामा ल्याइएको छ। हाल कम्पनीले २ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गरिरहेको छ भने हालसम्म १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको जनाएको छ।

नेपाल लाइफले नेपाल सरकारलाई हालसम्म १७ अर्ब रुपैयाँभन्दा बढी राजस्व तथा कर बुझाएको जनाएको छ। कम्पनीले इक्रा नेपालबाट ‘AA-’ (डबल ए माइनस) क्रेडिट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनीका रूपमा पनि आफूलाई स्थापित गरेको उल्लेख गरेको छ।

हाल नेपालभरका ७७ जिल्लामा १९७ वटा कार्यालय तथा ६५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको कम्पनीले वित्तीय पारदर्शिता, सुदृढ संस्थागत सुशासन र ग्राहकप्रतिको प्रतिबद्धताका आधारमा आफ्नो नेतृत्वदायी स्थानलाई थप सुदृढ बनाउँदै आएको जनाएको छ।

कम्पनीले आगामी दिनमा पनि “विश्वास, पारदर्शिता र उत्कृष्ट सेवा”लाई आफ्नो मूल आधार बनाएर नेपाली नागरिकको आर्थिक सुरक्षा तथा समृद्ध भविष्य निर्माणमा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार