NIMB Header 2
Nepal Life

कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै राष्ट्रिय बीमा कम्पनीका सिइओ श्रेष्ठ गँग स्पष्टीकरण माग

IME LIFE
  • BFIS News
  • 2026 Jul 01 14:27
कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै राष्ट्रिय बीमा कम्पनीका सिइओ श्रेष्ठ गँग स्पष्टीकरण माग
United Ajod

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. शिवहरी श्रेष्ठसँग कम्पनीको सञ्चालक समितिले लिखित स्पष्टीकरण माग गरेको छ। कार्यसम्पादन सन्तोषजनक नभएको, व्यवसायिक लक्ष्य हासिल गर्न नसकेको तथा वित्तीय र प्रशासनिक व्यवस्थापनमा विभिन्न कमजोरी देखिएको भन्दै समितिले १५ कार्यदिनभित्र प्रमाणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।

Nepal Life
NIMB

सञ्चालक समितिले असार १० गते डा. श्रेष्ठलाई पठाएको पत्रमा बीमा ऐन, २०७९ तथा कार्यसम्पादन सम्झौताअनुसार उनको कार्यसम्पादन कम्पनीको हितअनुकूल नरहेको उल्लेख गरेको छ। समितिका अनुसार कार्यसम्पादन सम्झौतामा निर्धारण गरिएका बीमाशुल्क संकलन तथा खुद मुनाफाका लक्ष्य हासिल हुन नसकेको र कम्पनीको समग्र व्यवसायिक प्रगति अपेक्षाअनुसार अघि बढ्न नसकेको निष्कर्ष निकालिएको छ।

समितिले कम्पनीको कोर इन्सुरेन्स सफ्टवेयर पूर्ण रूपमा कार्यान्वयन गर्न नसकेको, बैंक हिसाब मिलान तथा दैनिक क्लोजिङजस्ता आधारभूत वित्तीय व्यवस्थापनका कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप पनि लगाएको छ।

यस्तै, कर्मचारी अवकाशका क्रममा नियमविपरीत बढी रकम भुक्तानी भएको, कम्पनीले उठाउनुपर्ने बक्यौता रकम असुलीमा प्रभावकारी पहल नगरिएको तथा दाबी भुक्तानीसँग सम्बन्धित रकम अन्य संस्थाबाट असुल गर्न पटक–पटक निर्देशन दिँदा पनि उल्लेखनीय प्रगति नभएको समितिको भनाइ छ।

पुनर्बीमा व्यवस्थासम्बन्धी प्रतिवेदनमा स्पष्ट रायसहित प्रतिवेदन माग गरिएको अवस्थामा अस्पष्ट र गोलमटोल प्रतिवेदन पेश गरिएको आरोप पनि डा. श्रेष्ठमाथि लगाइएको छ। साथै, आन्तरिक तथा बाह्य लेखापरीक्षण प्रतिवेदनले औँल्याएका कैफियतहरू सुधार नगरेको र पुनर्बीमा निर्देशिकाविपरीत बीमालेख जारी गरिएको विषयलाई समेत सञ्चालक समितिले गम्भीर रूपमा उठाएको छ।

समितिले १५ कार्यदिनभित्र प्रमाणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिँदै चित्तबुझ्दो जवाफ प्राप्त नभए करार सम्झौता अन्त्य गरी प्रमुख कार्यकारी अधिकृत पदबाट हटाउने चेतावनी दिएको छ। डा. शिवहरी श्रेष्ठ २०८१ वैशाख १४ गते राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार