NIMB Header 2
Nepal Life

अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेपछि नेपालमा पेट्रोलियम पदार्थ सस्तियो, अझै घट्न सक्ने

IME LIFE
  • BFIS News
  • 2026 Jul 01 15:04
अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेपछि नेपालमा पेट्रोलियम पदार्थ सस्तियो, अझै घट्न सक्ने
United Ajod

काठमाडौं। नेपाल आयल निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ। निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाएको हो।

Nepal Life
NIMB

निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको थियो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपालमा पनि उपभोक्ताले राहत पाएका हुन्।

अमेरिका–इरानबीचको तनाव कम भई युद्धविरामको अवस्था बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर ओरालो लागेको छ। यसको प्रभाव पेट्रोलियम पदार्थसँगै सुन–चाँदीको मूल्यमा पनि देखिएको छ। सुरक्षित लगानीको विकल्प मानिने सुनप्रतिको आकर्षण घट्दै जाँदा यसको मूल्यमा समेत लगातार गिरावट आएको विश्लेषण गरिएको छ।

मूल्य घटाउने निर्णयसँगै काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानका धेरै पेट्रोल पम्प बन्द भएका छन्। पम्प सञ्चालकहरूले महँगो मूल्यमा खरिद गरिएको पुरानो इन्धन नयाँ घटेको मूल्यमा बिक्री गर्दा घाटा व्यहोर्नुपर्ने अवस्था आएको भन्दै बिक्री स्थगित गरेका हुन्। केही पम्प खुले पनि त्यहाँ इन्धन भर्ने सवारीसाधनको लामो लाइन देखिएको छ।

ऊर्जा क्षेत्रका विज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे पनि खुद्रा बजारमा त्यसको प्रभाव तत्काल नदेखिन सक्छ। रिफाइनरी तथा वितरकसँग पहिलेकै उच्च मूल्यमा खरिद गरिएको इन्धनको मौज्दात रहने भएकाले नयाँ मूल्यको लाभ उपभोक्तासम्म पुग्न केही समय लाग्ने उनीहरूको भनाइ छ।

विज्ञहरूका अनुसार कच्चा तेलको मूल्यबाहेक प्रशोधन लागत, ढुवानी, भण्डारण, बीमा, विनिमय दर, कर, वितरण खर्च तथा बजार प्रतिस्पर्धाले पनि इन्धनको खुद्रा मूल्य निर्धारणमा महत्वपूर्ण भूमिका खेल्छ। सामान्यतया अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा खुद्रा मूल्य छिटो बढ्ने तर घट्दा केही ढिलाइ हुने प्रवृत्ति देखिने उनीहरूको विश्लेषण छ।

यता भारतमा पनि इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजार, कच्चा तेलको लागत, स्थानीय कर तथा विनिमय दरका आधारमा दैनिक समायोजन हुने व्यवस्था रहेको छ। भारतले सन् २०१७ देखि लागू गरेको 'डाइनामिक प्राइसिङ' प्रणालीअनुसार हरेक दिन बिहान पेट्रोलियम पदार्थको मूल्य पुनः निर्धारण गरिन्छ।

विश्लेषकहरूका अनुसार यदि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य थप समयसम्म न्यून रह्यो, विनिमय दर स्थिर रह्यो र बजारमा स्वस्थ प्रतिस्पर्धा कायम भयो भने आगामी दिनमा पेट्रोलियम पदार्थको मूल्य अझै घट्ने सम्भावना रहनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार