NIMB Header 2
Nepal Life

लगानीकर्ताकाे हित संरक्षणका लागि धितोपत्र बोर्डले पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गर्ने

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 09 17:11
लगानीकर्ताकाे हित संरक्षणका लागि धितोपत्र बोर्डले पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गर्ने
IME LIFE

काठमाडौं । नेपालको पुँजी बजारमा देखिएका समस्या समाधान तथा लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राख्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी साताभित्र समयबद्ध कार्ययोजनासहितको विस्तृत पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गर्ने जनाएको छ।

Nepal Life
NIMB

बोर्डले बिहीबार जारी गरेको विज्ञप्तिमा पछिल्लो समय धितोपत्र बजारमा देखिएका समस्या तथा लगानीकर्ताबाट प्राप्त गुनासोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यसको समाधानका लागि आवश्यक गृहकार्य भइरहेको जनाएको हो। बोर्डका अनुसार मार्गचित्र सार्वजनिक गरेलगत्तै त्यसको कार्यान्वयन प्रक्रिया पनि अघि बढाइनेछ।

सेबोनले बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायी तथा सम्बन्धित संस्थाहरूलाई मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयनलगायत बजारसँग सम्बन्धित विषयमा यसअघि जारी गरिएका निर्देशनहरू तोकिएको समयभित्र पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको जनाएको छ।

बोर्डका अनुसार थप स्वस्थ, सुरक्षित तथा प्रभावकारी पुँजी बजारको वातावरण निर्माण गर्न धितोपत्रको सार्वजनिक निष्कासन प्रक्रिया, नियामकीय व्यवस्था तथा संस्थागत सुशासनलाई थप व्यवस्थित बनाउने उद्देश्यले विद्यमान कानुनी संरचनाको पुनरावलोकन प्रक्रिया पनि सुरु भइसकेको छ।

यसअन्तर्गत धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्कासन नियमावली, सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका तथा अन्य सम्बन्धित कानुनी व्यवस्थाहरूलाई समसामयिक आवश्यकताअनुसार संशोधन र परिमार्जन गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ।

बोर्डले लगानीकर्ताको हित संरक्षणलाई सर्वोच्च प्राथमिकतामा राखेर आवश्यक सुधारका कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै बजारमा फैलाइने हल्ला, बहकाउ वा अफवाहको पछि नलाग्न आग्रह गरेको छ। 

बोर्डले लगानीकर्तालाई आफ्नो अध्ययन, विश्लेषण तथा जोखिम वहन क्षमताको मूल्याङ्कनका आधारमा मात्रै विवेकपूर्ण लगानी निर्णय लिनसमेत अनुरोध गरेको छ।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया