NIMB Header 2
Nepal Life

कोष व्यवस्थापन कम्पनीले कृषि विकास बैंकलाई दियो नगद लाभांश बापत रु.४३ लाख ५१ हजार

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 10 11:28
कोष व्यवस्थापन कम्पनीले कृषि विकास बैंकलाई दियो नगद लाभांश बापत रु.४३ लाख ५१ हजार
IME LIFE

काठमाडौं। कोष व्यवस्थापन कम्पनी लिमिटेड (एफएमसीएल) ले आफ्नो आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरिएको नगद लाभांशबापतको रकम कृषि विकास बैंक लिमिटेडलाई भुक्तानी गरेको छ।

Nepal Life
NIMB

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को आठौँ वार्षिक साधारणसभाबाट स्वीकृत चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांशमा कर कट्टीपश्चात् हुन आउने रु. ४३ लाख ५१ हजार ९५० बराबरको चेक कृषि विकास बैंकलाई हस्तान्तरण गरेको हो।

कम्पनीका अध्यक्ष सुशील हुमागाईले आयोजित कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।

चेक हस्तान्तरण कार्यक्रममा एफएमसीएलका सञ्चालकद्वय सरीता दाहाल र नारायण प्रसाद आचार्य, महाप्रबन्धक उमेशराज रिजाल तथा कम्पनी सचिव राजेन्द्र पराजुलीको पनि उपस्थिति रहेको थियो।

एफएमसीएलले वार्षिक साधारणसभाबाट पारित लाभांश वितरण प्रक्रिया अन्तर्गत प्रमुख संस्थागत शेयरधनी कृषि विकास बैंकलाई लाभांश रकम भुक्तानी गरेको जनाएको छ।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया