इङ्ल्यान्ड सेमिफाइनलमा, नर्वेलाई २–१ ले पराजित
- BFIS News
- 2026 Jul 12 09:56
काठमाडौं, असार २८ इङ्ल्यान्डले नर्वेलाई २–१ गोलले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार बिहान सम्पन्न क्वार्टरफाइनल खेलमा जुड बेलिङ्घमले दुई गोल गर्दै इङ्ल्यान्डलाई शानदार जित दिलाए।
खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डेरुपले गोल गर्दै नर्वेलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि इङ्ल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै बेलिङ्घमको दुई गोलमार्फत खेल आफ्नो पक्षमा पार्यो।
पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुगेको नर्वेको यात्रा भने यही चरणमा टुंगिएको छ। यस जितसँगै इङ्ल्यान्ड आठ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको हो।
अब इङ्ल्यान्डले सेमिफाइनलमा अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको क्वार्टरफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ। समाचार तयार पार्दासम्म अर्जेन्टिना १–० को अग्रतामा रहेको थियो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया