Nepal Life

सूर्योदय वोमी लघुवित्तको ५६ हजार ४३५ कित्ता संस्थापक शेयर बिक्रीमा

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 12 10:07
सूर्योदय वोमी लघुवित्तको ५६ हजार ४३५ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं, असार २८ सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ५६ हजार ४३५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ।

 

Nepal Life
NIMB

संस्थापक शेयरधनी किशोरी थापाले आफ्नो नाममा रहेको उक्त शेयर बिक्रीका लागि निवेदन दिएपछि कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको जनाएको छ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थाकै संस्थापक शेयरधनीलाई दिइनेछ। त्यसअनुसार शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

इच्छुक संस्थापक शेयरधनीले संस्थाको कर्पोरेट कार्यालय, ललितपुर वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालयमा आवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया