तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
- BFIS News
- 2026 Jul 13 10:57
काठमाडौं, असार २९ — बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँबराबरको एकवर्षे ऋणपत्र जारी गर्ने भएको छ।
केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ छ’ जारी गर्न लागेको हो। यस ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार ऋणपत्रका लागि आज मध्याह्न ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोल हुनेछ। बोलकबोल प्रक्रियाबाट नै यस ऋणपत्रको ब्याजदर निर्धारण गरिनेछ।
यो ऋणपत्रको अवधि एक वर्ष रहनेछ। ऋणपत्रको साँवा २०८४ असार २९ गते भुक्तानी गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा वितरण गरिने व्यवस्था छ।
राष्ट्र बैंकले न्यूनतम ५ करोड रुपैयाँदेखि आवेदन दिन सकिने जनाएको छ। साथै, ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको १५ अर्ब रुपैयाँसम्म बोलपत्र पेस गर्न सकिने व्यवस्था गरिएको छ।
केन्द्रीय बैंकले पछिल्ला दिनहरूमा बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नियमित रूपमा निक्षेप संकलन उपकरण तथा ऋणपत्रमार्फत बजारबाट रकम खिच्ने नीति अवलम्बन गर्दै आएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)












.jpg)





प्रतिक्रिया