NIMB Header 2
Nepal Life

निष्क्रिय खातामा राष्ट्र बैंकको नयाँ व्यवस्था, ग्राहकलाई नियमित सूचना दिनुपर्ने

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 12 16:56
निष्क्रिय खातामा राष्ट्र बैंकको नयाँ व्यवस्था, ग्राहकलाई नियमित सूचना दिनुपर्ने
IME LIFE

काठमाडौं, असार २८ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका निष्क्रिय (डर्मेन्ट) खातासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। बैंक तथा वित्तीय संस्था नियमन विभागमार्फत जारी गरिएको एकीकृत निर्देशन–२०८२ संशोधन गर्दै राष्ट्र बैंकले निष्क्रिय खाताको संख्या घटाउन बैंक तथा वित्तीय संस्थालाई कार्ययोजना बनाएर २०८३ पुस मसान्तभित्र कार्यान्वयन गर्न निर्देशन दिएको हो।

 

Nepal Life
NIMB

संशोधित निर्देशनअनुसार सक्रिय खाता निष्क्रिय हुनुअघि बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई फोन, एसएमएस, इमेल लगायतका माध्यमबाट नियमित जानकारी गराउनुपर्नेछ।

त्यस्तै, निष्क्रिय खाता पुनः सक्रिय गराउन कम्तीमा हरेक ६ महिनामा ग्राहकलाई सम्पर्क गरी खाता सञ्चालन गर्न अनुरोध गर्नुपर्ने र त्यससम्बन्धी अभिलेख सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले ग्राहकलाई सम्बन्धित बैंकको नेपालभरका जुनसुकै शाखा वा मोबाइल तथा अनलाइन बैंकिङ माध्यमबाट सहज रूपमा खाता बन्द गर्न सकिने व्यवस्था गर्न पनि निर्देशन दिएको छ। ग्राहकको अनुरोधअनुसार खातामा रहेको रकम आफ्नै अर्को बैंक खातामा स्थानान्तरण गरी खाता बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसैगरी, ग्राहकको पहिचान सुनिश्चित गरी नेपालभरका कुनै पनि शाखाबाट निष्क्रिय खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था अनिवार्य गरिएको छ। पुनः सञ्चालन भएका खातामा हुन सक्ने अस्वाभाविक कारोबारको निगरानी गर्न आवश्यक प्रणाली विकास गर्न पनि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको छ।

राष्ट्र बैंकले निष्क्रिय खाताको दुरुपयोग, रकम ओसारपसार तथा वित्तीय अपराधसम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न तथा कर्मचारीको क्षमता विकासमा समेत जोड दिएको छ।

 

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार