मनकामना केबलकार २९औँ वर्षमा प्रवेश, २ करोड १२ लाखभन्दा बढी यात्रुले लिए सेवा
- BFIS News
- 2026 Nov 23 11:04
काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकारले २८ वर्षको सफल सञ्चालन पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ। चितवन को-इ समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकारले मंसिर ८ गते २८औँ वार्षिकोत्सव मनाएको हो।
कम्पनीका अनुसार सञ्चालनमा आएको २८ वर्षको अवधिमा २ करोड १२ लाखभन्दा बढी यात्रुले मनकामना केबलकारमार्फत सेवा लिइसकेका छन्। नेपालको पर्यटन तथा पूर्वाधार विकासमा अग्रणी योगदान पुर्याउँदै आएको यस केबलकारले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
समूहका संस्थापक स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना तथा पहलमा स्थापना भएको मनकामना केबलकार नेपालको केबलकार सेवाको इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित छ। वार्षिकोत्सवका अवसरमा कम्पनीले संस्थापक श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको दूरदृष्टि र परिकल्पनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
कम्पनीले केबलकार सेवामा विश्वास र साथ प्रदान गर्ने सम्पूर्ण यात्रु, सेवाको गुणस्तर कायम राख्न योगदान पुर्याउने कर्मचारी तथा पर्यटन र आतिथ्य क्षेत्रका साझेदारहरूप्रति आभार व्यक्त गरेको छ। साथै, सहिद लखन गाउँपालिका र इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय, चितवन तथा गोरखा जिल्ला प्रशासन कार्यालय र सम्पूर्ण शुभेच्छुकको सहयोगप्रति धन्यवाद दिएको छ।
कम्पनीले आगामी दिनमा यात्रुहरूलाई थप उत्कृष्ट सेवा र स्तरीय अनुभव प्रदान गर्ने प्रतिबद्धता पनि जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)









प्रतिक्रिया