Siddartha Bank
Prabhu Mahalaxmi

मोदीद्वारा नेपाललाई २४ अर्ब रुपैयाँ विकास सहायता प्याकेज घोषणा

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 23 16:15
मोदीद्वारा नेपाललाई २४ अर्ब रुपैयाँ विकास सहायता प्याकेज घोषणा
United Ajod

काठमाडौं, मंसिर ८। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई २४ अर्ब रुपैयाँ बराबरको विकास सहायता प्याकेज घोषणा गरेका छन्। विपद्पछिको पुनर्निर्माण र नेपालको दीर्घकालीन विकासलाई सहयोग गर्ने उद्देश्यले उक्त सहायता घोषणा गरिएको हो।

Siddartha Bank
EBL
Nepal Life

सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले २४ अर्ब रुपैयाँ बराबरको विकास सहयोग प्याकेज घोषणा गरेका हुन्।

मोदीका अनुसार उक्त सहायता गत अगस्ट २६ मा भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा नेपालको दीर्घकालीन विकास क्षमता अभिवृद्धिमा उपयोग हुनेछ। यसले विपद्बाट प्रभावित परिवारलाई पुनःस्थापित गर्न, उनीहरूको जीविकोपार्जनका अवसर सिर्जना गर्न र भविष्यमा आउन सक्ने विपद्को सामना गर्ने नेपालको क्षमता बलियो बनाउन सहयोग पुग्ने उनले बताए।

‘नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासलाई सुदृढ बनाउन म २४ अर्ब रुपैयाँ बराबरको विकास सहायता प्याकेज घोषणा गर्दछु,’ मोदीले संयुक्त पत्रकार सम्मेलनमा भने।

यद्यपि, भारत सरकारले उक्त सहायता प्याकेजमध्ये कति रकम अनुदान र कति सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध गराउने भन्ने विषयमा स्पष्ट पारेको छैन।

बाढीबाट भएको क्षतिको पुनर्निर्माणसँगै ठूला पूर्वाधार तथा विकास आयोजनाका लागि नेपालले भारतसँग थप वित्तीय सहयोग मागिरहेका बेला मोदीको यो घोषणा आएको हो। उक्त सहयोगले विपद् प्रभावित समुदायको जीवन र जीविकोपार्जन पुनःस्थापना गर्नुका साथै नेपालको समग्र विकास लक्ष्य हासिल गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ।

भारतको यो घोषणासँगै नेपाल–भारत विकास सहकार्य थप विस्तार हुने अपेक्षा गरिएको छ। विशेषगरी पुनर्निर्माण, पूर्वाधार विकास र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा दुई देशबीचको सहकार्यलाई यसले थप मजबुत बनाउन सक्ने देखिएको छ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया