मुक्तिनाथ विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशलाई ३ थान माइक्रोस्कोप
- BFIS News
- 2026 Jul 15 11:55
काठमाडौं। संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत मुक्तिनाथ विकास बैंकले नेपाल रेडक्रस सोसाइटी (NRCS), लुम्बिनी प्रदेशलाई ३ थान जैविक सूक्ष्मदर्शी (Biological Microscopes) हस्तान्तरण गरेको छ।
नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशद्वारा सुरक्षित तथा पर्याप्त रगत आपूर्ति सुनिश्चित गर्ने रक्त बैंक स्थापना परियोजनालाई सहयोग पुऱ्याउने उद्देश्यले प्रदान गरिएको उक्त उपकरणले रगतमा रहेका रातो रक्तकण, सेतो रक्तकण तथा प्लेटलेट्समा देखिने असामान्यताको पहिचान गर्न सहयोग पुऱ्याउनुका साथै रगतको उपयुक्तता परीक्षण, रगत संकलन, प्रशोधन, परीक्षण तथा भण्डारण प्रक्रियाको गुणस्तर नियन्त्रणलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।
यस सहयोगमार्फत मुक्तिनाथ विकास बैंकले सुरक्षित, गुणस्तरीय तथा भरपर्दो रक्तसञ्चार सेवाको सुदृढीकरण एवं जनस्वास्थ्य सेवाको प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास लिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया