NIMB Header 2
Nepal Life

परिपक्व भएका बीमाको दाबी भुक्तानी लिन नेपाल लाइफको अनुरोध

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 15 21:52
परिपक्व भएका बीमाको दाबी भुक्तानी लिन  नेपाल लाइफको अनुरोध
IME LIFE

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स ले विभिन्न जीवन बीमा योजनाअन्तर्गत परिपक्व (म्याचुरिटी) भएका तथा आंशिक अवधि (सर्भाइभल बेनिफिट) भुक्तानी प्राप्त गर्ने समय पुगिसकेका बीमित तथा हकवालालाई आफूले पाउनुपर्ने रकम यथाशीघ्र दाबी गर्न आग्रह गरेको छ।

Nepal Life
NIMB

कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार विभिन्न मितिमा जारी गरिएका जीवन बीमा योजनाअन्तर्गत अवधि भुक्तानी (Maturity Benefit) तथा आंशिक अवधि भुक्तानी (Survival Benefit) प्राप्त गर्ने समय पूरा भइसके पनि हालसम्म धेरै बीमितले आफ्नो सुविधा रकम लिन सम्पर्क नगरेको जनाएको छ।

यसरी समयमै भुक्तानी नलिएका बीमित तथा उनीहरूका हकवालाले आफ्नो बीमालेख, नागरिकता वा अन्य आवश्यक परिचयपत्र तथा कम्पनीले तोकेका आवश्यक कागजातसहित नजिकको नेपाल लाइफ इन्स्योरेन्सको शाखा कार्यालयमा सम्पर्क गरी आफूले पाउनुपर्ने सुविधा रकम प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ। बीमालेख परिपक्व भएपछि वा आंशिक भुक्तानीको समय पुगेपछि सम्बन्धित बीमितले समयमै दाबी प्रक्रिया पूरा गर्नु पर्ने हुन्छ। 

नेपाल लाइफ इन्स्योरेन्सले सबै बीमितलाई आफ्नो बीमालेखको अवस्था एकपटक जाँच गरी अवधि वा आंशिक अवधि भुक्तानी लिन बाँकी रहेको भए ढिलाइ नगरी कम्पनीको नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

नेपाल लाइफले कुल ८.९४ अर्ब मृत्यु दाबी भुक्तानी गर्दै आवश्यकताको कठिन घडीमा परिवारको साथमा उभिने आफ्नो प्रतिबद्धता पुरा गरिसकेको छ। हालसम्म आफ्नो पुर्ववत बाचा अनुसार बीमितलाई ११३ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको छ। 

 

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया