NIMB Header 2
Nepal Life

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 15 16:10
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न
IME LIFE

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सुशासन, नियामकीय अनुपालन तथा जोखिम व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (एएमएल/सीएफटी) सम्बन्धी एकदिने अभिमुखीकरण तालिम तथा सेमिनार सम्पन्न गरेको छ।

Nepal Life
NIMB

कम्पनीले असार २९ गते काठमाडौंको लाजिम्पाटस्थित होटल रेडिसनमा आयोजना गरेको उक्त कार्यक्रममा सञ्चालक समिति, उच्च व्यवस्थापन तथा आधारभूत शेयरधनीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा एएमएल/सीएफटीका विज्ञ प्रशिक्षक शाम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी रोकथामसम्बन्धी वर्तमान अवस्था, नियामकीय अपेक्षा तथा कम्पनीले पालना गर्नुपर्ने कानुनी दायित्वबारे प्रशिक्षण दिएका थिए।

तालिमका क्रममा ग्राहक पहिचान तथा यथोचित सावधानी (Customer Due Diligence), जोखिममा आधारित दृष्टिकोण (Risk-Based Approach), शंकास्पद कारोबारको पहिचान तथा प्रतिवेदन (Suspicious Transaction Reporting), लक्षित वित्तीय प्रतिबन्ध (Targeted Financial Sanctions) लगायतका विषयमा विस्तृत प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक छलफल गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष हेमराज ढकालले नियामक निकायबाट जारी भएका ऐन, नियमावली, निर्देशिका, परिपत्र तथा निर्देशनहरूको पूर्ण पालना गर्दै ग्राहकलाई गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिए। उनले प्रत्येक कर्मचारीले ग्राहक पहिचान प्रक्रिया (केवाईसी) तथा अनुपालनसम्बन्धी कानुनी प्रावधानलाई दैनिक कार्यसम्पादनमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे।

त्यसैगरी, कम्पनीका सञ्चालक उमाकान्त आचार्यले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने प्रशिक्षक, सञ्चालक समिति, शेयरधनी, व्यवस्थापन तथा विभागीय प्रमुखप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि नियामकीय व्यवस्था र कानुनी प्रावधानको पूर्ण पालना गर्दै संस्थागत सुशासनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको समापन कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी शरण रेग्मीले गरेका थिए। कम्पनीका अनुसार यस्ता अभिमुखीकरण कार्यक्रमले कर्मचारी तथा व्यवस्थापन तहमा अनुपालनसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै संस्थालाई नियामकीय मापदण्डअनुसार सञ्चालन गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया