NIMB Header 2
Nepal Life

यूनाइटेड अजोड इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न, ४.२९ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 15 21:00
यूनाइटेड अजोड इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न, ४.२९ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय
IME LIFE

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारणसभा बुधबार काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित लेखापरीक्षण गरिएको वित्तीय विवरण तथा सञ्चालक समितिले पेश गरेका सबै सामान्य र विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको कम्पनीले जनाएको छ।

Nepal Life
NIMB

साधारणसभाले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। यसअनुसार कम्पनीले कुल ९ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ।

बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२२५६ प्रतिशत नगद लाभांश, अर्थात् ५२ लाख १० हजार ५२६ रुपैयाँ ३२ पैसा वितरण गर्ने प्रस्ताव पनि साधारणसभाबाट अनुमोदन भएको छ। कम्पनीले सम्बन्धित नियामकीय निकायबाट आवश्यक स्वीकृति प्राप्त भएपछि बोनस सेयर जारी गर्ने जनाएको छ। बोनस सेयर वितरणपछि कम्पनीको जारी तथा चुक्ता पूँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीका अनुसार २०८३ साल जेठ मसान्तसम्म शाखा, उपशाखा, तेस्रोपक्ष बीमा काउन्टर तथा प्रादेशिक कार्यालयहरूको समायोजनपछि हाल प्रधान कार्यालयसहित १०४ वटा शाखा, उपशाखा र तेस्रोपक्ष बीमा काउन्टरमार्फत देशभर बीमा सेवा प्रदान भइरहेको छ।

कम्पनीले आगामी आर्थिक वर्ष २०८३/८४ मा व्यवसाय विस्तार, सेवा प्रभावकारिता अभिवृद्धि तथा शेयरधनीलाई अपेक्षित प्रतिफल प्रदान गर्ने लक्ष्यका साथ सम्पूर्ण कम्पनी परिवार सक्रिय रूपमा अघि बढिरहेको जनाएको छ।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया