Nepal Life

हिमालयन लघुवित्तमा ३३ जनाका लागि रोजगारीको अवसर

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 26 15:52
हिमालयन लघुवित्तमा ३३ जनाका लागि रोजगारीको अवसर

काठमाडौं। हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी तथा नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले ३३ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।

Nepal Life
NIMB

संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार जुनियर सहायक (कनिष्ठ सहायक/फिल्ड सहायक) पदमा प्रशिक्षार्थी सेवाअन्तर्गत ३३ जना कर्मचारी भर्ना गर्न लागिएको हो। उक्त पदका लागि न्यूनतम शैक्षिक योग्यता एसएलसी/एसईई उत्तीर्ण तोकिएको छ।

संस्थाका अनुसार मोटरसाइकल चालक अनुमतिपत्र प्राप्त गरी आफ्नै सवारी साधन भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ। साथै कम्प्युटर सञ्चालन (एमएस वर्ड, एक्सेल, इमेल, इन्टरनेट तथा नेपाली टाइपिङ) सम्बन्धी ज्ञान भएका तथा काठमाडौं उपत्यकाबाहिर दुर्गम र ग्रामीण क्षेत्रमा रहेका शाखा कार्यालयमा बसेर काम गर्न इच्छुक उम्मेदवारलाई पनि प्राथमिकतामा राखिने जनाएको छ।

उम्मेदवारको उमेर आवेदन दिने अन्तिम दिनसम्म कम्तीमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला उम्मेदवारको हकमा भने माथिल्लो उमेर सीमामा पाँच वर्षसम्मको छुट दिइएको छ।

भर्ना प्रक्रियाअन्तर्गत प्रस्तुतीकरण तथा अन्तर्वार्ताका आधारमा उम्मेदवार छनोट गरिने संस्थाले जनाएको छ। तलब तथा अन्य सेवा–सुविधा संस्थाको प्रचलित नियमअनुसार उपलब्ध गराइने उल्लेख गरिएको छ।

इच्छुक नेपाली नागरिकले बायोडाटा, हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नागरिकताको प्रतिलिपि तथा अनुभव भए सोसम्बन्धी प्रमाणपत्रसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन संस्थाको भर्ती पोर्टलमार्फत वा नजिकको शाखा कार्यालय तथा चाबहिलस्थित केन्द्रीय कार्यालयमा पनि बुझाउन सकिने व्यवस्था गरिएको छ।

संस्थाले प्रारम्भिक छनोटमा परेका उम्मेदवारलाई मात्र थप छनोट प्रक्रियामा सहभागी गराइने स्पष्ट पारेको छ। साथै कर्मचारी छनोटसम्बन्धी सम्पूर्ण अधिकार वित्तीय संस्थामा सुरक्षित रहने जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया