सवारी चालक अनुमति पत्र १० वर्षका लागि नवीकरण गर्न सकिने, चार वर्षदेखिको छपाइ बाँकी काम सम्पन्न
- BFIS News
- 2026 Jul 30 16:26
काठमाडौं । यातायात व्यवस्था विभागले नयाँ व्यवस्थाअनुसार सवारी चालक अनुमति पत्र (लाइसेन्स) १० वर्षका लागि नवीकरण गर्न सकिने जनाएको छ।
विभागले म्याद सकिन एक वर्षभन्दा कम समय बाँकी रहेका चालकलाई समयमै नवीकरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
विभागले जारी गरेको सूचनाअनुसार म्याद सकिन एक वर्षभन्दा कम अवधि बाँकी रहेका लाइसेन्सको नयाँ कार्ड हाल छापिने व्यवस्था नभएकाले चालकले नवीकरण गरी १० वर्षे अवधि कायम हुने नयाँ लाइसेन्स लिन उपयुक्त हुने जनाएको छ।
यसैबीच, विभागले विगत चार वर्षदेखि रोकिएको लाइसेन्स छपाइको काम पूरा भएको जानकारी दिएको छ। गत असारसम्म परेका सबै पुराना आवेदनका आधारमा लाइसेन्स छापिसकिएको विभागले जनाएको छ।
विभागका अनुसार साउन ७ गतेसम्म २७ लाख ४७ हजारभन्दा बढी सवारी चालक अनुमति पत्र वितरणका लागि देशभरका विभिन्न यातायात व्यवस्था कार्यालयमा पठाइसकिएको छ।
सुरक्षण मुद्रण केन्द्रसँग नयाँ सम्झौता भएपछि लाइसेन्स छपाइ प्रक्रिया नियमित र तीव्र बनेको विभागको भनाइ छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया