सुनसरी गोलीकाण्डमा मृत्यु हुनेको संख्या दुई पुग्यो
- BFIS News
- 2026 Jul 30 16:14
काठमाडौं । सुनसरीको देवानगञ्जमा गत आइतबार राति प्रहरीसँग भएको झडपमा गोली लागेर घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।
मोरङ प्रहरीका अनुसार देवानगञ्ज गाउँपालिका–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो। प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले चिकित्सकले मेहतालाई दिउँसो १ः२४ बजे मृत घोषणा गरेको जानकारी दिए।
गत आइतबार राति देवानगञ्जमा प्रहरी र स्थानीयबीच भएको हिंसात्मक झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। घटनामा गोली लागेर घाइते भएका अन्य आठ जनाको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
उक्त झडपमा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए। यसअघि पनि सोही घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भइसकेको थियो।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











प्रतिक्रिया