Nepal Life

मुक्तिनाथ विकास बैंक र नागार्जुन नगरपालिका बीच सहुलियतपूर्ण कर्जा प्रवाह सम्झौता

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 30 17:22
मुक्तिनाथ विकास बैंक र नागार्जुन नगरपालिका बीच सहुलियतपूर्ण कर्जा प्रवाह सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नागार्जुन नगरपालिका बीच कृषि, पर्यटन, साना तथा मझौला उद्यम तथा महिला उद्यमशीलताको प्रवर्द्धन गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ।

Nepal Life
NIMB

सम्झौताअनुसार नागार्जुन नगरपालिकाको सिफारिसमा योग्य उद्यमीहरूले व्यवसायको प्रकृतिअनुसार बैंकबाट धितोबिना अधिकतम २ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। साथै, नगरपालिकाले जारी गरेको ‘सहुलियतपूर्ण ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०८०’ बमोजिम योग्य ऋणीहरूले कर्जामा लाग्ने ब्याजको शतप्रतिशत अनुदान सुविधा पाउने व्यवस्था गरिएको छ।

बैंकले स्थानीय सरकारसँगको सहकार्यमार्फत उद्यमशीलता विकास, वित्तीय सेवामा पहुँच विस्तार, वित्तीय समावेशीकरण तथा दिगो आर्थिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

एक कार्यक्रमका बीच सम्पन्न सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट कृषि तथा समावेशी लगानी विभाग प्रमुख तेजलबहादुर गिरी र नागार्जुन नगरपालिकाका तर्फबाट कार्यवाहक नगर प्रमुख सुशीला अधिकारीले हस्ताक्षर गरेका थिए।

बैंक र स्थानीय तहबीच भएको यस सहकार्यले उद्यमशीलता प्रवर्द्धनसँगै स्थानीय उत्पादन, स्वरोजगार तथा आर्थिक गतिविधि विस्तारमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया