जीवन बीमा कम्पनीको कुल बीमाशुल्क २ खर्ब नाघ्यो, वार्षिक व्यवसाय १२.४३ प्रतिशतले बढ्यो
- BFIS News
- 2026 Aug 03 14:53
काठमाडौं । मुलुकको अर्थतन्त्र सुस्त रहे पनि गत आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा क्षेत्रको व्यवसाय विस्तार भएको छ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन पहिलो पटक २ खर्ब रुपैयाँ नाघेको छ भने प्रथम र नवीकरण बीमाशुल्क दुवैमा वृद्धि देखिएको छ।
प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८२/८३ मा १४ जीवन बीमा कम्पनीले कुल २ खर्ब ९१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यो रकम १ खर्ब ७७ अर्ब ९० करोड ६३ लाख रुपैयाँ रहेको थियो। यस आधारमा जीवन बीमा व्यवसाय १२.४३ प्रतिशतले विस्तार भएको देखिन्छ।
कुल बीमाशुल्क संकलनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले सबैभन्दा बढी बीमाशुल्क संकलन गरेको तथ्यांकले देखाएको छ। त्यस्तै, नेसनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन पनि उच्च कारोबार गर्ने कम्पनीको सूचीमा रहेका छन्। प्रतिशतगत वृद्धिका आधार
यस्तै, पुराना बीमालेखबाट प्राप्त हुने नवीकरण बीमाशुल्क पनि बढेको छ। अघिल्लो वर्ष १३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ रहेको नवीकरण बीमाशुल्क ९.३६ प्रतिशतले बढेर १५ अर्ब ६ करोड १५ लाख रुपैयाँ पुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
सक्रिय बीमालेखको संख्या पनि सामान्य रूपमा बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा १ करोड १५ लाख २७ हजार ९ सय ९४ सक्रिय बीमालेख रहेकामा समीक्षा अवधिमा यो संख्या १ करोड १८ लाख ५० हजार ३ सय ९१ पुगेको छ, जुन २.८० प्रतिशतको वृद्धि हो।
तथ्यांकले केही पुराना तथा ठूला कम्पनीमा सक्रिय बीमालेखको वृद्धिदर अपेक्षाकृत सुस्त देखिए पनि अधिकांश नयाँ तथा मध्यम आकारका कम्पनीले व्यवसाय विस्तार गर्न सफल भएको संकेत गरेको छ। समग्रमा, आर्थिक गतिविधि अपेक्षाकृत कमजोर रहे पनि जीवन बीमा उद्योगले गत आर्थिक वर्षमा व्यवसायिक वृद्धिको क्रम कायम राखेको देखिन्छ।
मा भने आइएमई लाइफ इन्स्योरेन्सको व्यवसाय सबैभन्दा धेरै ३७.९६ प्रतिशतले बढ्दै ७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।
नयाँ व्यवसायको सूचक मानिने प्रथम बीमाशुल्कमा पनि उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्ष ४ अर्ब १ करोड ७६ लाख रुपैयाँ रहेको प्रथम बीमाशुल्क गत वर्ष बढेर ४ अर्ब ९४ करोड ३ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा २२.९७ प्रतिशतले बढी हो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया