Nepal Life

बीमा क्षेत्र सुधारका लागि अध्ययन समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 03 21:08
बीमा क्षेत्र सुधारका लागि अध्ययन समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने

काठमाडौं । सरकारले बीमा क्षेत्रको समग्र सुधारका लागि अध्ययन गरी सुझाव पेस गर्न तीन सदस्यीय समिति गठन गरेको छ। अर्थ मन्त्रालयका अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णयमार्फत सुशील कुमार ओझाको संयोजकत्वमा समिति गठन गरेका हुन्। समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर सदस्य रहेका छन्।

Nepal Life
NIMB

समितिलाई बीमा क्षेत्रको विद्यमान अवस्था, संरचनागत चुनौती, नीतिगत सुधारका आवश्यक पक्ष तथा सेवाको प्रभावकारिता सम्बन्धी अध्ययन गरी सुधारका लागि आवश्यक सुझावसहितको प्रतिवेदन ९० दिनभित्र अर्थ मन्त्रालयमा बुझाउने जिम्मेवारी दिइएको छ।

सरकारले बीमा क्षेत्रलाई प्राथमिकतामा राखेर यस प्रकारको अध्ययन तथा सुझाव समिति गठन गरेको यो पहिलो पटक भएको जनाइएको छ। समितिको प्रतिवेदनका आधारमा बीमा क्षेत्रको नीतिगत, संस्थागत तथा सेवामूलक सुधारका विषयमा आवश्यक निर्णय लिने अपेक्षा गरिएको छ।

बीमा पहुँच विस्तार र नागरिकको वित्तीय सुरक्षा सुदृढ बनाउने उद्देश्यसहित सरकारले यो पहल अघि बढाएको हो। **राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)**ले आफ्नो राजनीतिक प्रतिज्ञापत्रमा समेत बीमामार्फत नागरिकलाई व्यापक सामाजिक तथा आर्थिक सुरक्षा कवरेज उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको थियो। सरकारले गठन गरेको यस समितिलाई सोही प्रतिबद्धताको कार्यान्वयनतर्फको महत्वपूर्ण कदमका रूपमा पनि हेरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया