Nepal Life

जनावरको ‘र्यान्डम’ छनोटले किन हरायो विज्ञलाई? शेयर बजारसम्बन्धी चर्चित अनुसन्धानले के देखाउँछ

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 03 16:00
जनावरको ‘र्यान्डम’ छनोटले किन हरायो विज्ञलाई? शेयर बजारसम्बन्धी चर्चित अनुसन्धानले के देखाउँछ

काठमाडौं । शेयर बजारमा सफल लगानीका लागि विस्तृत विश्लेषण र विज्ञताको आवश्यकता पर्ने सामान्य धारणा छ।

Nepal Life
NIMB

तर विगत करिब तीन दशकमा विभिन्न देशमा गरिएका केही चर्चित प्रयोगहरूले भने संयोगवश गरिएको ‘र्यान्डम’ शेयर छनोटले कतिपय अवस्थामा पेशेवर विश्लेषकको रणनीतिभन्दा पनि राम्रो प्रतिफल दिएको देखाएका छन्। यी प्रयोगलाई अर्थशास्त्रमा बजारको दक्षता (Efficient Market Hypothesis–EMH) सम्बन्धी बहसमा उदाहरणका रूपमा उल्लेख गर्ने गरिएको छ।

अर्थशास्त्री Burton Malkiel ले आफ्नो पुस्तक A Random Walk Down Wall Street मा आँखा छोपेर डार्ट फालेर गरिने र्यान्डम शेयर छनोटले समेत विशेषज्ञले बनाएको पोर्टफोलियोसँग प्रतिस्पर्धा गर्न सक्ने तर्क उल्लेख गरेका छन्। यही अवधारणालाई आधार मानेर विभिन्न सञ्चारमाध्यम र समूहहरूले समय–समयमा जनावर प्रयोग गरी प्रयोगात्मक अध्ययन गरेका थिए।

बिरालोको प्रयोग

सन् २०१२ मा बेलायती पत्रिका The Observer ले विशेषज्ञ लगानीकर्ता र ‘ओर्लान्डो’ नामको बिरालोबीच काल्पनिक लगानी प्रतिस्पर्धा गराएको थियो। विशेषज्ञहरूले कम्पनीको वित्तीय विवरण र बजार विश्लेषणका आधारमा पाँच कम्पनीको शेयर छनोट गरेका थिए भने बिरालोले खेलौना मुसा फालेको स्थानका आधारमा कम्पनी चयन गरिएको थियो।

प्रयोगको नतिजाअनुसार वर्षको अन्त्यसम्म बिरालोको पोर्टफोलियो करिब १०.८ प्रतिशतले बढ्दा विशेषज्ञहरूको प्रतिफल करिब ३.५ प्रतिशतमा सीमित रहेको उल्लेख गरिएको थियो।

क्रिप्टोकरेन्सीमा मुसाको परीक्षण

सन् २०२१ मा जर्मनीमा ‘Mr. Goxx’ नाम दिइएको ह्याम्स्टर प्रयोग गरेर क्रिप्टोकरेन्सी खरिद–बिक्रीको प्रयोग गरिएको थियो। विशेष रूपमा तयार गरिएको प्रणालीमार्फत मुसाले कुन क्रिप्टोकरेन्सी किन्ने वा बेच्ने भन्ने छनोट गर्थ्यो।

सेप्टेम्बर २०२१ सम्म उक्त पोर्टफोलियोको प्रतिफल १९.७ प्रतिशत पुगेको थियो। सो अवधिमा यसको प्रदर्शन Warren Buffett को कम्पनी Berkshire Hathaway तथा अमेरिकी शेयर बजारको एस एन्ड पी ५०० सूचकको प्रतिफलभन्दा राम्रो रहेको उल्लेख गरिएको थियो।

बाँदर र शेयर छनोट

अमेरिकी पत्रिका San Francisco Chronicle ले सन् १९९९ मा ‘आदम’ नामको बाँदरलाई कम्पनीको नाममा औँला राखेर शेयर छनोट गराएको थियो। त्यसबेला डट–कम बबलको समयमा धेरै पेशेवर लगानीकर्ताले घाटा बेहोरिरहेका बेला बाँदरले छनोट गरेका केही शेयरले बजारको औसतभन्दा राम्रो प्रतिफल दिएको रिपोर्ट सार्वजनिक भएको थियो।

चिम्पान्जी र डार्ट बोर्ड परीक्षण

त्यसैगरी, Wall Street Journal ले सञ्चालन गरेको ‘डार्ट बोर्ड’ प्रतिस्पर्धामा ‘रेभेन’ नामकी चिम्पान्जीलाई डार्ट फालेर शेयर छनोट गराइएको थियो। प्रयोगमा छनोट भएका केही इन्टरनेट कम्पनीका शेयरले उच्च प्रतिफल दिएका थिए र त्यसको प्रदर्शन धेरै पेशेवर फन्ड व्यवस्थापकको पोर्टफोलियोभन्दा राम्रो रहेको दाबी गरिएको थियो।

अनुसन्धानले के संकेत गर्छ?

यी प्रयोगलाई बजारमा जनावरले मानिसभन्दा राम्रो निर्णय गर्छन् भन्ने प्रमाणका रूपमा नभई, छोटो अवधिमा शेयर बजारको दिशा अनुमान गर्न अत्यन्त कठिन हुने तथ्यलाई उदाहरणका रूपमा प्रस्तुत गरिन्छ। अर्थशास्त्रको Efficient Market Hypothesis (EMH) अनुसार सार्वजनिक रूपमा उपलब्ध अधिकांश जानकारी शेयर मूल्यमा छिट्टै समावेश भइसकेको हुन्छ। त्यसैले छोटो अवधिमा बजारलाई लगातार पराजित गर्ने रणनीति विकास गर्नु चुनौतीपूर्ण मानिन्छ।

विशेषज्ञहरूका अनुसार यी प्रयोगले विश्लेषणको कुनै उपयोग छैन भन्ने निष्कर्ष निकाल्दैनन्। बरु, अल्पकालीन मूल्य उतारचढावमा संयोगको प्रभाव ठूलो हुन सक्ने, अत्यधिक आत्मविश्वास, लोभ वा डरजस्ता मानवीय मनोवैज्ञानिक पक्षले लगानी निर्णयमा असर पार्न सक्ने र दीर्घकालीन सफलताका लागि विविधीकरण, जोखिम व्यवस्थापन तथा अनुशासित लगानी रणनीति अझ महत्वपूर्ण हुने सन्देश दिने गर्छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया