सानिगाड हाइड्रोको नाफा ३९० प्रतिशतले बढ्यो, ईपीएस ९.३३ रुपैयाँ
- BFIS News
- 2026 Aug 11 11:16
काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २६ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९०.१६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको खुद नाफा ५ करोड ४२ लाख रुपैयाँ थियो।
कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानीमा भने सामान्य वृद्धि भएको छ। समीक्षा अवधिमा विद्युत् बिक्रीबाट कम्पनीले १ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ७ करोड रुपैयाँ रहेकोमा यसपटक ३.७० प्रतिशतले बढेको हो।
नाफामा उल्लेख्य सुधार आए पनि कम्पनीको वित्तीय लागतमा भने वृद्धि भएको छ। यद्यपि, नाफा वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा उल्लेख्य सुधार देखिएको छ। ईपीएस गत आर्थिक वर्षको २ रुपैयाँ ७२ पैसाबाट बढेर ९ रुपैयाँ ३३ पैसा पुगेको छ। यो २४३.११ प्रतिशतको वृद्धि हो।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। त्यस्तै, सुरक्षित कर्जा २१.४६ प्रतिशतले घटेर ४ अर्ब ५८ करोड रुपैयाँमा झरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको सुरक्षित कर्जा ५ अर्ब ८३ करोड रुपैयाँ हाराहारीमा थियो।
कम्पनीको सम्पत्ति, प्लान्ट तथा उपकरण (प्रोपर्टी, प्लान्ट एन्ड इक्विपमेन्ट) ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३.४३ प्रतिशतले कम हो।
यस अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ पनि बढेको छ। प्रतिशेयर नेटवर्थ ६.९१ प्रतिशतले बढेर १११ रुपैयाँ ८० पैसा पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नेटवर्थ १०४ रुपैयाँ ५७ पैसा थियो।
चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुँदा कम्पनीको शेयर बजार मूल्य प्रतिकित्ता ४६२ रुपैयाँ रहेको थियो। उक्त मूल्यका आधारमा कम्पनीको मूल्य–आम्दानी अनुपात (पीई रेसियो) ४९.५२ गुणा रहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया