Nepal Life

मुक्तिनाथ विकास बैंकद्वारा नाइमा एक्सपो २०२६ लाई लक्षित गरी ५.५७ प्रतिशत ब्याजदरमा अटो लोन योजना सार्वजनिक

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 11 16:48
मुक्तिनाथ विकास बैंकद्वारा नाइमा एक्सपो २०२६ लाई लक्षित गरी ५.५७ प्रतिशत ब्याजदरमा अटो लोन योजना सार्वजनिक

काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले NAIMA Expo २०२६ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ। बैंकले यस योजनाअन्तर्गत Base Rate + ० प्रतिशत को विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने घोषणा गरेको हो। यस योजनाअन्तर्गत हाल बैंकको अटो लोनको ब्याजदर ५.५७ प्रतिशत कायम गरिएको छ। NAIMA Expo २०२६ को अवसरलाई लक्षित गरी ल्याइएको यो विशेष ब्याजदर योजना भदौ मसान्त २०८३ सम्म लागू हुनेछ। उक्त अवधि समाप्त भएपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुनेछ।

Nepal Life
NIMB

ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजातहरू पूरा भएको अवस्थामा बैंकले २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरेको छ। यसले ग्राहकलाई आफ्नो रोजाइको सवारी साधन खरिद गर्न सहज, छिटो र सरल कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

बैंकले उक्त अटो लोन सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ। NAIMA Expo २०२६ मा सहभागी हुने तथा नयाँ सवारी साधन खरिद गर्न इच्छुक ग्राहकहरूले यस विशेष योजनाबाट लाभ लिन सक्नेछन्।

मुक्तिनाथ विकास बैंकले ग्राहकको आवश्यकता र बदलिंदो बजार परिवेशअनुरूप सरल, सहज तथा प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ। यस विशेष अटो लोन योजनाले नयाँ सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई थप सुविधा र अवसर प्रदान गर्ने बैंकको अपेक्षा रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया