Nepal Life

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमाथि दायर मुद्दाप्रति बैंकको गम्भीर ध्यानाकर्षण

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 13 16:36
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमाथि दायर मुद्दाप्रति बैंकको गम्भीर ध्यानाकर्षण

काठमाडौ।  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बैंकका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।

Nepal Life
NIMB

बैंकले प्रचलित कानून, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यताअनुसार गरिँदै आएको नियमित काम–कारबाहीलाई लिएर बैंकका उच्च नेतृत्वविरुद्ध मुद्दा दायर भएको जनाएको हो।

बैंकले उक्त घटनाका कारण आफ्नो नियमित बैंकिङ कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै अवरोध सिर्जना नभएको स्पष्ट पारेको छ। बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत रहेको जनाउँदै संस्थाको सबलता, ग्राहक हित र बैंकिङ प्रणालीको स्थायित्वलाई केन्द्रमा राखी सम्पूर्ण सेवा तथा गतिविधि नियमित, सुरक्षित र निर्बाध रूपमा सञ्चालन हुने प्रतिबद्धता जनाएको छ।

बैंकले बैंकिङ प्रणालीमा जनताको विश्वास, कर्मचारीको मनोबल तथा वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय तथा सहयोगका लागि आग्रहसमेत गरेको छ।

त्यस्तै, बैंकका सम्बन्धमा सार्वजनिक भएका अपुष्ट सूचना तथा अनुमानका आधारमा धारणा नबनाउन बैंकले निक्षेपकर्ता, ग्राहक, शेयरधनी तथा अन्य सरोकारवालालाई आग्रह गरेको छ। बैंकले आधिकारिक सूचनालाई मात्र आधार बनाउन अनुरोध गरेको हो।

बैंकले आफ्ना समस्त निक्षेपकर्ता, ग्राहकवर्ग, शेयरधनी तथा सरोकारवालाबाट प्राप्त हुँदै आएको सद्भाव र विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत निरन्तर सहयोगको अपेक्षा गरेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार