प्रभु महालक्ष्मी लाइफको नाफा नाफा सँगै हरेक सूचकमा सुधार, जीवन बीमा कोषमा १८ अर्ब ६५ करोड नाघ्यो
- BFIS News
- 2026 Aug 14 13:31
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य वृद्धि भएको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा इन्स्योरेन्सले ३७ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३७ करोड ७ लाख रुपैयाँको तुलनामा १.३१ प्रतिशत बढी हो। अघिल्लो वर्षको तुलनामा नाफामा ४८ लाख रुपैयाँले वृद्धि भएको देखिन्छ।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २०.९७ प्रतिशतले बढेको छ। त्यस्तै, कुल आम्दानी १३.६३ प्रतिशतले वृद्धि भएको छ। व्यवसाय विस्तारसँगै इन्स्योरेन्सको कुल दाबी भुक्तानी भने १४.२१ प्रतिशत र कुल खर्च १४.३६ प्रतिशतले बढेको छ। जीवन बीमाकोष १४ अर्ब २ करोडबाट १८ अर्ब ६५ करोड पुगेको छ।
नाफा बढे पनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी (ईपीएस) भने घटेको छ। समीक्षा अवधिमा ईपीएस १९ पैसाले घटेर ७ रुपैयाँ ८ पैसा कायम भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) ६१.२० गुणा रहेको छ।
इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब ३० करोड ७७ लाख रुपैयाँ रहेको छ। यस अवधिसम्म कम्पनीसँग १ करोड ९३ लाख रुपैयाँ शेयर प्रिमियम, १४ करोड ८५ लाख रुपैयाँ महाविपत्ती कोष, ४२ करोड ८२ लाख रुपैयाँ रिटेन्ड अर्निङ र २८ करोड ३७ लाख रुपैयाँ अन्य इक्विटी रहेको छ।
समग्रमा, बीमाशुल्क र आम्दानीमा दोहोरो अंकको वृद्धि भए पनि दाबी भुक्तानी तथा खर्चमा भएको समानान्तर वृद्धिका कारण इन्स्योरेन्सको खुद नाफा भने सीमित दरमा मात्र बढेको देखिन्छ। साथै, चुक्ता पूँजीको आधारमा प्रतिशेयर आम्दानीमा आएको गिरावटले कम्पनीको प्रतिफल सूचकमा समेत दबाब परेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











प्रतिक्रिया