Nepal Life

करको दायराभित्र पर्नेलाई छुट दिन सकिँदैन : अर्थमन्त्री डा. महत

NMB Bank
  • BFIS News
  • 2023 Jul 01 22:02
करको दायराभित्र पर्नेलाई छुट दिन सकिँदैन : अर्थमन्त्री डा. महत
United Ajod

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले  करको दायराभित्र पर्नेलाई छुट दिन नसकिने बताएका छन् । शनिबार आन्तरिक राजस्व कार्यालय पोखराको निरीक्षणका क्रममा उनले यस्तो बताएका हुन् ।  ‘‘जो करको दायराभित्र पर्छन् उनीहरु भ्याट नलगाइदिए हुन्थ्यो भन्छन्। हरेक ट्रान्जेक्सनमा लगाइने करलाई मूल्य अभिवृद्धि कर भनिन्छ। यसको फाइदा भनेको हरेक ट्रान्जेक्सनले हिसाब राख्नुपर्छ’’, मन्त्री महतले आन्तरिक राजस्व कार्यालयका कर्मचारीलाई निर्देशन दिँदै भने, ‘‘धेरैजसो करदाता यो भ्याट नलिइदिए हुन्थ्यो भन्छन्। तर, जो करको दायराभित्र पर्छन् उनीहरुलाई छुट दिन सकिँदैन, त्यही हिसाबले काम गर्नुहोला।’’

Shikhar
Nepal Life
NIMB

मन्त्री महतले आगामी आर्थिक वर्षमा राजस्व वृद्धि हुने बताए । उनले पर्यटन क्षेत्र चलायमान हुँदा राजस्व बढाउन मद्दत पुग्ने बताएका हुन् । ‘‘आगामी वर्ष हाम्रो राजस्व वृद्धि हुनेछ। अर्थतन्त्र चलायमान हुन थालेको छ। पर्यटन क्षेत्र पनि चलायमान हुँदैछ। यसले राजस्व बढाउन मद्दत गर्छ। तपाईंहरुले यो जिम्मेवारीलाई उच्च कर्तव्य निष्ठाका साथ पूरा गर्नुहुनेछ भन्ने मलाई विश्वास छ’’ मन्त्री महतले भने ।

उनले देशमा हुने खर्च जुटाउने काम अर्थ मन्त्रालयको भएको र खर्चका तीन स्रोतमध्ये राजस्व प्रमुख रहेको प्रष्ट पारे । ‘‘देशमा जति पनि खर्च हुन्छ, त्यो खर्च जुटाउने काम अर्थ मन्त्रालयको हो। खर्च जुटाउने तीन वटा श्रोत छन्। राजस्व महत्त्वपूर्ण आधार हो, यसलाई जति विस्तार गर्न सकियो, त्यत्ति बढी हामी आत्मनिर्भर हुन्छौं’’, मन्त्री महतले भने, ‘‘दोस्रो श्रोत आन्तरिक ऋण हो, यसको हामीले साँवा ब्याजसहित तिर्नुपर्छ। तेस्रो श्रोत भनेको बहुराष्ट्रिय संघसंस्था र देशसँग लिइने ऋण र अनुदान हो।’’ 

पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको उदाहरण दिँदै मन्त्री डा. महतले ऋणमा काम गर्दा ब्याज तिर्न मुस्किल पर्ने बताए । अर्थमन्त्री महतले भने, ‘‘पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माणका लागि हामीले ऋण लियौं, अहिले चलिरहेको छैन। साँवा ब्याज तिर्न मुस्किल छ, लुम्बिनी एयरपोर्टको अवस्था त्यस्तै छ। कतिपय आयोजनाबाट प्रतिफल आउन सकेको छैन। विकास निर्माणमा विनियोजित बजेटभन्दा बढी ऋण र ब्याज तिर्नुपर्ने अवस्था छ।’’ 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया