वाणिज्य बैंकको नाफा ३२.३२ प्रतिशतले बढ्यो, एभरेष्टको लाभांश क्षमता सर्वाधिक
- BFIS News
- 2026 Aug 17 17:18
काठमाडौं, भदौ १ गते । गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल ६९ अर्ब ८८ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्षमा बैंकहरूले ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ नाफा कमाएका थिए। यससँगै बैंकहरूको कुल नाफा ३२.३२ प्रतिशतले बढेको हो।
बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिए पनि खराब कर्जाका कारण कर्जा नोक्सानी व्यवस्थापनमा भएको खर्चले लाभांश क्षमतामा भने अपेक्षाकृत सुधार हुन नसकेको देखिन्छ। गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाका आधारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १९ वाणिज्य बैंकमध्ये १५ वटा बैंक लाभांश वितरण गर्न सक्ने अवस्थामा देखिएका छन् भने चार बैंकले लाभांश बाँड्न नसक्ने देखिएको छ।
कुन बैंकको लाभांश क्षमता कति ?
वाणिज्य बैंकमध्ये एभरेष्ट बैंकको लाभांश क्षमता सर्वाधिक रहेको छ। बैंकले ३८.३२ प्रतिशत लाभांश क्षमता कायम गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो क्षमता ३७.८० प्रतिशत थियो।
दोस्रोमा सिद्धार्थ बैंक रहेको छ। बैंकले २६.१५ प्रतिशत लाभांश क्षमता कायम गरेको छ, जुन अघिल्लो वर्षको १३.०४ प्रतिशतको तुलनामा करिब दोब्बर हो।
त्यस्तै, सानिमा बैंकले २०.८५ प्रतिशत लाभांश क्षमता कायम गरेको छ। अघिल्लो वर्ष बैंकको लाभांश क्षमता १५.४८ प्रतिशत थियो।
समीक्षा वर्षमा नबिल बैंकले १९.१० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९.०९ प्रतिशत, नेपाल बैंकले १५.८४ प्रतिशत, ग्लोबल आइएमई बैंकले १२.०२ प्रतिशत र नेपाल एसबीआई बैंकले ११.०४ प्रतिशत लाभांश क्षमता कायम गरेका छन्।
प्राइम कमर्सियल बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक र कुमारी बैंकले एकल अंकको लाभांश क्षमता बनाएका छन्।
यस्तै, प्रभु बैंक, हिमालयन बैंक, एनआईसी एशिया बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले लाभांश वितरण गर्न नसक्ने अवस्थामा देखिएका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)








प्रतिक्रिया