धितोपत्रका बोर्ड अध्यक्ष र आइएमएफका आवासीय प्रतिनिधिबीच नेपालको पुँजी बजार विकासबारे छलफल
- BFIS News
- 2026 Aug 18 19:42
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टर र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) का नेपालस्थित आवासीय प्रतिनिधि प्रनभकुमार गुप्ताबीच नेपालको पुँजी बजार विकासका विषयमा छलफल भएको छ।
बोर्डको खुमलटारस्थित कार्यालयमा मंगलबार भएको शिष्टाचार भेटवार्ताका क्रममा नेपालको पुँजी बजारको विकास, नीतिगत सुधार तथा बोर्डको संस्थागत क्षमता अभिवृद्धिलगायतका विषयमा छलफल भएको हो।
भेटका क्रममा नेपालको पुँजी बजारलाई थप व्यवस्थित, प्रभावकारी र सबल बनाउन आवश्यक सुधार तथा नीतिगत पहलका विषयमा समेत विचार–विमर्श भएको बताइएको छ।
सो अवसरमा IMF का प्रतिनिधि गुप्ताले नेपाल धितोपत्र बोर्डले अघि बढाएका पुँजी बजार सुधारका कदममा अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत वित्तीय क्षेत्रका अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग र समन्वय रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
भेटवार्ताले नेपालको पुँजी बजारको विकास तथा सुधारका लागि नियामक निकाय र अन्तर्राष्ट्रिय वित्तीय संस्थाबीच सहकार्य तथा समन्वयलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)








प्रतिक्रिया