NIMB Header 2
Nepal Life

बीमा क्षेत्रको सुधारका लागि कामको थालनी, सुझाव पठाउन सरोकारवालासँग आग्रह

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 21 15:38
बीमा क्षेत्रको सुधारका लागि कामको थालनी, सुझाव पठाउन सरोकारवालासँग आग्रह
United Ajod

काठमाडौं, भदौ ५ गते । नेपालको बीमा क्षेत्रको समग्र सुधारका लागि सुझाव संकलन प्रक्रिया सुरु भएको छ।

 

Nepal Life
NIMB

सरकारले गठन गरेको ‘समग्र बीमा क्षेत्रको सुधारका लागि सुझाव समिति’ले बीमा क्षेत्रको सुधारका लागि आवश्यक काम अघि बढाउँदै सरोकारवालासँग राय–सुझाव माग गरेको हो।

समितिले बीमा क्षेत्रको विकास, सुदृढीकरण तथा प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक सुधारका विषयमा व्यक्ति, संघ तथा संस्थाबाट रचनात्मक सुझाव माग गरेको जनाएको छ।

इच्छुक व्यक्ति, संघ तथा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्ना राय–सुझाव समितिको इमेल [email protected] मा पठाउन सक्नेछन्।

समितिले प्राप्त सुझावका आधारमा बीमा क्षेत्रको सुधारका लागि आवश्यक अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया