मेरो टिस्टा फिर्ता ले’ गीत सार्वजनिक, देशभक्ति र राष्ट्रिय भावनाको सन्देश
- आयुस बस्नेत
- 2026 Aug 21 16:32
काठमाडौं, भदौ ५ गते । देशप्रेम तथा राष्ट्रिय भावनाले ओतप्रोत ‘मेरो टिस्टा फिर्ता ले’ बोलको गीत सार्वजनिक भएको छ। नेपाली भूमि, इतिहास, राष्ट्रियता र देशभक्तिको भावना समेटिएको उक्त गीत भारतले नेपाली भूमि कब्जा गरेको सन्दर्भलाई आधार बनाएर आफ्नो भूमि फिर्ता ल्याउनुपर्ने सन्देशसहित सार्वजनिक गरिएको हो।
गीतमा नेपालको आफ्नो भूमि फिर्ता लिनुपर्ने विषयलाई मुख्य रूपमा उठाइएको छ। नेपालको भौगोलिक विविधता, इतिहास र सम्पदालाई समेत समेट्दै तयार गरिएको गीतले आफ्नो भूमि कसैले कब्जा गरेको भए फिर्ता दिनुपर्ने सन्देश प्रस्तुत गरेको छ। गीतमा सरकारले आफ्नो भूमि फिर्ता ल्याउन नसकेमा नेपाली जनतालाई नै जिम्मेवारी दिनुपर्ने भावसमेत प्रस्तुत गरिएको छ।
संगीतकार वसन्तराज उप्रेतीको शब्दमा रहेको उक्त गीतमा आवाज कलाकार वसन्तराज उप्रेती अनिसा सिलवाल, लक्ष्मी न्यौपाने, विष्णु कुमार जोशी र कुमार तामाङको रहेको छ। गीत Divya Jhankar YouTube च्यानलमार्फत सार्वजनिक गरिएको हो। https://youtu.be/N0oB4h327cw?si=Uk3TNs4Y6kL5BbAd
गीत सार्वजनिक भएपछि दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया प्राप्त भइरहेको निर्माण पक्षले जनाएको छ। गीतले नेपालको इतिहास, राष्ट्रिय सम्पदा र न्यायको विषयलाई जोड दिँदै देशप्रतिको भावना जगाउने प्रयास गरेको छ।
गीतको मुख्य सन्देश “For our history, for our heritage, for justice, Greater Nepal” भन्ने भावमा केन्द्रित रहेको छ। गीतमार्फत नेपालको इतिहास, सम्पदा र राष्ट्रिय अधिकारका विषयमा आवाज उठाइएको छ।
गीतमा ‘बनाउने एउटा, बेच्ने अरू’ भन्ने भावमार्फत आफ्नो देश र देशको सम्पदाप्रति नेपालीको अधिकार तथा जिम्मेवारीको विषयसमेत उठाइएको छ। आफ्नो देशको भूमि नेपालीले नमीच्ने र अरूलाई पनि मिच्न नदिने सन्देश गीतमा प्रस्तुत गरिएको छ।
राष्ट्रियता, देशभक्ति, नेपालको इतिहास तथा भौगोलिक विविधतालाई विषयवस्तु बनाइएको यस गीतले आफ्नो भूमि, इतिहास र सम्पदाप्रति नेपालीमा चेतना तथा भावनात्मक सम्बन्ध थप बलियो बनाउने उद्देश्य बोकेको देखिन्छ। गीतमा नेपालको भूमि र राष्ट्रिय अस्तित्वसँग जोडिएका विषयलाई सांगीतिक माध्यमबाट प्रस्तुत गर्दै आफ्नो देशको इतिहास र सम्पदाको संरक्षणका लागि आवाज उठाउनुपर्ने सन्देश दिइएको छ।
यसरी ‘मेरो टिस्टा फिर्ता ले’ गीतले राष्ट्रिय भावना, देशभक्ति, नेपालको इतिहास तथा आफ्नो भूमि र सम्पदाप्रतिको अधिकारलाई केन्द्रमा राख्दै नेपाली संगीत क्षेत्रमा एउटा फरक विषय प्रस्तुत गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया