सुनको मूल्यमा पुनः वृद्धि, प्रतितोला ३ लाख १९ हजार ५ सय पुग्यो
- BFIS News
- 2026 Aug 23 11:26
काठमाडौं — नेपाली बजारमा सुनको मूल्य आइतबार पनि बढेको छ। शुक्रबार प्रतितोला ३ हजार ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज थप २ हजार ८ सय रुपैयाँले उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार भने सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यससँगै लगातार दुई कारोबार दिनमा सुनको मूल्य प्रतितोला ६ हजार १ सय रुपैयाँले बढेको छ।
यता, चाँदीको मूल्य भने आइतबार घटेको छ। शुक्रबार प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च स्तरमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतिऔंस ४ हजार ६ सय ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)








.jpg)

प्रतिक्रिया