NIMB Header 2
Nepal Life

बेनी हाइड्रोपावरको आईपीओ भदौ २२ गतेदेखि खुल्ने, सर्वसाधारणका लागि ८ लाख ६३ हजार कित्ता

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 25 12:23
बेनी हाइड्रोपावरको आईपीओ भदौ २२ गतेदेखि खुल्ने, सर्वसाधारणका लागि ८ लाख ६३ हजार कित्ता
United Ajod

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) भदौ २२ गतेदेखि खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता शेयर निष्कासन गर्न लागेको हो।

Nepal Life
NIMB

कम्पनीले आईपीओका लागि छिटोमा भदौ २५ गतेसम्म आवेदन दिन सकिने जनाएको छ। सो अवधिसम्म मागअनुसार आवेदन नपरेमा निष्कासन अवधि असोज ५ गतेसम्म लम्बिनेछ।

कम्पनीको जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँ रहेको छ। यसको २० प्रतिशत अर्थात् २० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ। त्यसमध्ये १० प्रतिशत अर्थात् १० लाख ४० हजार कित्ता शेयर सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो।

बाँकी १० प्रतिशत अर्थात् १० लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएकोमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि १० प्रतिशत अर्थात् १ लाख ४ हजार कित्ता शेयर आरक्षण गरिएको छ।

त्यस्तै, सर्वसाधारणतर्फको निष्कासनमध्ये २ प्रतिशत अर्थात् २० हजार ८०० कित्ता शेयर कम्पनीका कर्मचारीका लागि र कुल निष्कासित शेयरको ५ प्रतिशत अर्थात् ५२ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। यी सबै आरक्षणपछि बाँकी ८ लाख ६३ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबी क्यापिटल लिमिटेडले पाएको छ।

यसैबीच, इक्रा नेपालले बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको इश्युअर रेटिङ सुधार गरेको छ। इक्रा नेपालले कम्पनीको रेटिङ [ICRANP-IR] BB बाट बढाएर [ICRANP-IR] BB+ कायम गरेको हो। उक्त रेटिङले वित्तीय दायित्व समयमै भुक्तानी गर्ने सन्दर्भमा कम्पनीमा मध्यम स्तरको जोखिम रहेको जनाउँछ।

सन् २०१६ मा स्थापना भएको बेनी हाइड्रोपावर प्रालिले सोलुखुम्बु जिल्लाको बेनी (सल्लेरी) क्षेत्रमा १८ मेगावाट क्षमताको अपर सोलु खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। रन–अफ–रिभर प्रकृतिको उक्त आयोजना हाल निर्माणाधीन अवस्थामा रहेको कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया