तिब्बतबाट आएको बाढीले रसुवाका जलविद्युत् आयोजनामा क्षति, सम्बन्धित कम्पनीको शेयरमा गिरावट
- BFIS News
- 2026 Aug 26 11:20
काठमाडौं । तिब्बततर्फबाट आएको अचानकको बाढीका कारण रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार बाढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना, २२ मेगावाटको चिलिमे हाइड्रोपावर र ६० मेगावाटको त्रिशुली–३ बी जलविद्युत् आयोजनामा क्षति पुर्याएको हो।
बाढीका कारण त्रिशुली–३ बी जलविद्युत् आयोजनाको हब सबस्टेसनसमेत बगाएको आयोजनाले जनाएको छ। सबस्टेसनमा क्षति पुगेपछि आयोजनाको विद्युत् उत्पादन तथा प्रसारण संरचनामा समेत गम्भीर प्रभाव परेको प्रारम्भिक अनुमान गरिएको छ।
त्यस्तै, रसुवागढी जलविद्युत् आयोजना र चिलिमे हाइड्रोपावरमा पनि बाढीले क्षति पुर्याएको प्रारम्भिक विवरण आएको छ। बाढीबाट अन्य जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।
अचानक आएको बाढीका कारण आयोजना क्षेत्रका सडक, प्रसारण संरचना तथा अन्य पूर्वाधारमा समेत असर परेको हुनसक्ने बताइएको छ। सम्बन्धित आयोजनाले क्षतिको यकिन विवरण संकलन तथा अवस्थाको मूल्यांकन गरिरहेका छन्।
यसैबीच, रसुवामा बाढीबाट प्रभावित जलविद्युत् आयोजनासँग सम्बन्धित कम्पनीको शेयर मूल्यमा समेत नकारात्मक प्रभाव देखिएको छ। कारोबारका क्रममा सम्बन्धित जलविद्युत् कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने केही कम्पनीको शेयरमा नकारात्मक सर्किटसमेत लागेको छ।
बाढीबाट आयोजनाको उत्पादन, प्रसारण संरचना र आगामी आम्दानीमा पर्न सक्ने प्रभावबारे यकिन विवरण सार्वजनिक भएपछि मात्रै कम्पनीको वास्तविक वित्तीय क्षतिको अवस्था स्पष्ट हुने देखिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया