बाढी प्रभावित बीमितलाई दाबीका लागि सम्पर्क गर्न शिखरको अनुरोध, सम्पर्क नम्बर सार्वजनिक
- BFIS News
- 2026 Aug 27 12:56
काठमाडौँ । भोटेकोसी, रसुवा तथा नुवाकोट क्षेत्रमा आएको भीषण बाढीका कारण बीमा गरिएका सम्पत्तिमा क्षति पुगेका बीमित तथा बीमित संस्थालाई दाबीसम्बन्धी सेवा उपलब्ध गराउन शिखर इन्स्योरेन्स कम्पनीले सम्पर्क नम्बर सार्वजनिक गरेको छ।
कम्पनीले बाढीका कारण आफ्ना बीमित सम्पत्तिमा क्षति पुगेका व्यक्ति तथा संस्थालाई बीमा दाबीसम्बन्धी सेवा र आवश्यक सहायताका लागि सम्बन्धित शाखा तथा दाबी विभागमा सम्पर्क गर्न अनुरोध गरेको छ।
कम्पनीका अनुसार नुवाकोट शाखा तथा दाबी विभागका लागि ९८०१९१२४१०, ९८०१२३७७१७, ९८०१९१२४११ र ९८०२३३६४६५ नम्बरमा सम्पर्क गर्न सकिनेछ।
त्यस्तै, नौबिसे शाखाका लागि ९८०१२३५१०३, ९८०१९१२४०२ र ९८०२३२०८२० तथा धादिङ शाखाका लागि ९८०११८४८५३ नम्बरमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।
बाढीबाट क्षति पुगेका बीमित सम्पत्तिको दाबी प्रक्रियामा सहजीकरण गर्न कम्पनीको टोली सहयोगका लागि तयार रहेको जनाइएको छ। बीमा दाबी वा अन्य बीमासम्बन्धी सहायता आवश्यक परेमा तोकिएका सम्पर्क नम्बरमार्फत कम्पनीसँग समन्वय गर्न आग्रह गरिएको छ।
यसैबीच, बाढी प्रभावित क्षेत्रमा अझै थप जोखिमको सम्भावना रहेकाले कम्पनीले सर्वसाधारण तथा बीमितलाई थप सचेत र सतर्क रहन आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा सम्भावित क्षतिबाट सुरक्षित रहन कम्पनीले अनुरोध गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया