बाढी प्रभावित क्षेत्रमा बैंकिङ सेवा निरन्तरताका लागि बैंकर्स संघको प्रतिबद्धता
- BFIS News
- 2026 Aug 27 13:03
काठमाडौँ । रसुवा लगायतका बाढी प्रभावित जिल्लामा प्राकृतिक विपद्का कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति नेपाल बैंकर्स संघले गहिरो दुःख व्यक्त गरेको छ। संघले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
भोटेकोशी लगायतका नदीमा आएको बाढी तथा डुबानका कारण प्रभावित क्षेत्रमा सञ्चालित केही बैंकका शाखासमेत प्रभावित भएका छन्। विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुँदा नियमित बैंकिङ सेवा सञ्चालनमा चुनौती देखिएको संघले जनाएको छ।
यद्यपि, उपलब्ध स्रोतसाधन तथा वैकल्पिक व्यवस्थाको अधिकतम उपयोग गर्दै बैंकहरूले सेवा निरन्तरता दिने प्रयास गरिरहेका छन्। साथै, विपद्बाट प्रभावित सेवाग्राहीलाई आवश्यक सहयोग पुर्याउन बैंकिङ क्षेत्र सक्रिय रहेको संघले जनाएको छ।
संघका अनुसार नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित निकायसँग समन्वय गरी राहत, उद्धार र पुनःस्थापनाका कार्यमा बैंकिङ क्षेत्रले पूर्ण रूपमा साथ दिने प्रतिबद्धता जनाएको छ।
यसैबीच, बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका केही बैंक कर्मचारीको खोजी तथा सुरक्षाका लागि समेत आवश्यक पहल भइरहेको संघले जनाएको छ। विपद्को यस कठिन परिस्थितिमा बैंकिङ सेवा सञ्चालनलाई सम्भव भएसम्म निरन्तरता दिँदै प्रभावित नागरिकलाई सहयोग पुर्याउनेतर्फ बैंकिङ क्षेत्र केन्द्रित रहेको संघको भनाइ छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया