रसुवा बाढी प्रभावितका लागि दैवीप्रकोप उद्धार कोषमा २७ करोड ३३ लाख सहयोग
- BFIS News
- 2026 Aug 27 19:42
काठमाडौं, ११ भदौ । रसुवामा बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पछिल्लो ६ घण्टामा २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ।
सरकारले बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि प्राप्त सहयोगलाई एकद्वार प्रणालीमार्फत परिचालन गर्ने व्यवस्था मिलाएको छ। सोही क्रममा विभिन्न कम्पनी तथा संस्थाबाट प्राप्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कोषमा बुझ्दै जानुभएको छ।
पछिल्लो ६ घण्टामा मन्त्रालयमा उपस्थित भई हस्तान्तरण गरिएको रकममध्ये सबैभन्दा ठूलो योगदान गोर्खा ब्रुअरीबाट १० करोड रुपैयाँ रहेको छ। त्यसैगरी नेपाल बैंक लिमिटेडले ३ करोड १ लाख, कुमारी बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकले ३–३ करोड, निफ्रा बैंकले २ करोड ५० लाख, एनआईसी एशिया बैंकले २ करोड २१ लाख तथा सारस बेभरेज (रेडबुल) ले २ करोड रुपैयाँ सहयोग गरेका छन्।
त्यस्तै, एनसेल आजियाटाले १ करोड, शिव शक्ति ग्रुपले ५१ लाख तथा रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिजले १० लाख रुपैयाँ योगदान गरेका छन्।
सरकारले प्राप्त सहयोगलाई बाढी प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका कार्यमा परिचालन गर्ने जनाएको छ। विभिन्न क्षेत्रबाट प्राप्त सहयोगले विपद्बाट प्रभावित नागरिकको तत्कालीन उद्धारसँगै पुनर्स्थापना कार्यमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
योगदानकर्ताको विवरण
कुमारी बैंक लिमिटेड — ३ करोड रुपैयाँ
गोर्खा ब्रुअरी — १० करोड रुपैयाँ
एनसेल आजियाटा — १ करोड रुपैयाँ
एनआईसी एशिया बैंक — २ करोड २१ लाख रुपैयाँ
रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज — १० लाख रुपैयाँ
शिव शक्ति ग्रुप — ५१ लाख रुपैयाँ
निफ्रा बैंक — २ करोड ५० लाख रुपैयाँ
सारस बेभरेज (रेडबुल) — २ करोड रुपैयाँ
राष्ट्रिय वाणिज्य बैंक — ३ करोड रुपैयाँ
नेपाल बैंक लिमिटेड — ३ करोड १ लाख रुपैयाँ
कुल सहयोग : २७ करोड ३३ लाख रुपैयाँ
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया