भोटेकोशी बाढीपीडितका लागि गण्डकी प्रदेशका अभिकर्ताद्वारा प्रधानमन्त्री राहत कोषमा ५१ हजार रुपैयाँ सहयोग
- BFIS News
- 2026 Aug 29 15:28
काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको आकस्मिक भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहतका लागि पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति अन्तर्गत नेपाल लाइफ गण्डकी प्रदेश समितिले प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरेको छ।
बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै समितिले प्राकृतिक विपत्तिमा ज्यान गुमाएका सम्पूर्ण व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
विपत्तिबाट प्रभावित नागरिकलाई मानवीय सहयोग गर्ने उद्देश्यले पोखरा शाखा समितिको पहलमा ग्राहक सेवामा आबद्ध बीमा अभिकर्ताहरूबाट ५१ हजार १५१ रुपैयाँ संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको नेपाल लाइफ गण्डकी प्रदेश समितिले जनाएको छ।
समितिका अध्यक्ष दीपक प्रसाद पराजुलीले राहत सहयोग अभियानमा योगदान पुर्याउने पोखरा शाखा समितिका अध्यक्षसहित सम्पूर्ण बीमा अभिकर्ताप्रति आभार व्यक्त गरेका छन्। उनले विपत्तिको कठिन घडीमा अभिकर्ताहरूले देखाएको मानवीय संवेदना, एकता र सहयोगी भावनाको उच्च सम्मान गरेको बताएका छन्।
प्राकृतिक विपत्तिका कारण प्रभावित समुदायलाई राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, वित्तीय तथा व्यावसायिक क्षेत्र र व्यक्तिगत तहबाट सहयोग जुट्ने क्रम जारी रहेका बेला बीमा अभिकर्ताहरूले समेत आफ्नो पेशागत सामाजिक उत्तरदायित्वअन्तर्गत राहत कोषमा योगदान गरेका हुन्।
समितिले विपत्तिको यस कठिन परिस्थितिमा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सबै क्षेत्रबाट एकताबद्ध सहयोग आवश्यक रहेको समेत उल्लेख गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया