NIMB Header 2
Nepal Life

भोटेकोशी विपद्पीडितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकको २ करोड ५१ लाख सहयोग

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 30 14:54
भोटेकोशी विपद्पीडितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकको २ करोड ५१ लाख सहयोग
United Ajod

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

Nepal Life
NIMB

विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा भएको ठूलो क्षतिप्रति गहिरो दुःख र संवेदना व्यक्त गर्दै बैंकले प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ।

उक्त रकमको चेक सिद्धार्थ बैंक लिमिटेडका अध्यक्ष राहुल अग्रवाल तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बश्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको पीडामा साथ दिने तथा राहत र पुनःस्थापना कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुर्‍याउने विश्वासका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको हो।

बैंकले बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सम्पूर्ण व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायको पुनःस्थापना तथा सामान्य जनजीवन पुनर्बहालीका लागि भइरहेका सरकारी एवं सरोकारवाला निकायहरूको प्रयास सफल हुने विश्वास व्यक्त गरेको छ।

सिद्धार्थ बैंकले विगतदेखि नै विभिन्न सामाजिक, मानवीय तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यमा सक्रिय सहभागिता जनाउँदै आएको जनाएको छ। बैंकले आगामी दिनमा पनि देश तथा समाजलाई आवश्यक परेको अवस्थामा आफ्नो सामाजिक दायित्वप्रति प्रतिबद्ध रहँदै यस्ता मानवीय तथा राहतमुखी कार्यमा निरन्तर सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया